मंगलबार, असोज १३, २०८३

चुनावबारे दीपकराज–निश्चल जुहारी

दीपकराज गिरीले फेसबुकमा स्टाटस लेख्दै निश्चल बस्नेतलाई कटाक्ष गरेका छन्। कलाकार गहना भएकाले आफू कुनै समूहमा लाग्न नसक्ने उल्लेख गरेका छन्।
 |  बुधबार, कात्तिक २३, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, कात्तिक २३, २०७९

काठमाडौं– यतिबेला चुनावको माहोल छ। उम्मेदवार र पार्टीका नेता–कार्यकर्तालाई त चुनाव लाग्ने नै भयो। कतिपय कलाकार पनि दल र उम्मेदवारलाई भोट माग्दै हिँडिरहेको देख्न सकिन्छ। 

कतिपय भने सामाजिक सञ्जालमा भिडिरहेका छन्। यस्तैमा दीपकराज गिरीले फेसबुकमा स्टाटस लेख्दै निश्चल बस्नेतलाई कटाक्ष गरेका छन्। कलाकार गहना भएकाले आफू कुनै समूहमा लाग्न नसक्ने उल्लेख गरेका छन्।

उनी लेख्छन्, ‘कलाकारलाई गहना किन भनेको होला? सायद सबैले प्रिय र साझा ठानेकोले होला। त्यसैले म कुनै एक समूहको हुन सकिनँ। सबैलाई शुभकामना।’

कलाकार गहना भएकाले सबैको प्रिय हुने र कुनै दल विशेषमा आबद्ध हुन नहुने दीपकको मत छ। दीपकको यो पोस्टमा थुप्रै टिप्पणी आएका छन्। ‘लुट’ फेम्ड निर्देशक निश्चल बस्नेतले पनि दीपकको स्टाटसमा कमेन्ट गर्दै मुलुकलाई खाल्डोबाट जोगाउन गहनाको पनि कर्तव्य हुने उल्लेख गरेका छन्।

निश्चल लेख्छन्, ‘राष्ट्रलाई गहिरो खाल्डोबाट जोगाउन भूमिका खेल्नु पनि गहनाको कर्तव्य होला। पेसाभन्दा पहिला देश, कि के हो दाइ?’ निश्चल यतिबेला केही स्वतन्त्र उम्मेदवारको पक्षमा खुलेर भोट मागिरहेका छन्।

निश्चलको कमेन्टमा दीपकको टिप्पणी छ, ‘वकिलले राम्रो गरेन वकिल खोज्ने, डाक्टरले राम्रो गरेन डाक्टर बन्न जाने, मन्त्रीले राम्रो गरेन मन्त्री खोज्न जाने गरेर साध्य चल्दैन ब्रदर। आफू जे हो त्यो काम इमान्दार भएर गर्नुपर्छ भन्ने आशय मात्रै हो। हामीले सपोर्ट गरेकाले पनि देशलाई खाल्डोमा हाल्दैनन् भन्ने केही ग्यारेन्टी छ र ब्रदर?’ 

प्रकाशित: Nov 09, 2022| 14:11 बुधबार, कात्तिक २३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...