आइतबार, साउन १७, २०८३

प्रकाशमान सिंह भन्छन्- आफ्नो भविष्य हेरेर मतदान गर्नुहोस्

नेपाली कांग्रेसका पूर्वमहामन्त्री एवं काठमाडौं क्षेत्र नम्बर १ का उम्मेदवार प्रकाशमान सिंहले भविष्य हेरेर मतदान गर्न आग्रह गरेका छन्।
 |  बिहीबार, कात्तिक २४, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, कात्तिक २४, २०७९

काठमाडौं- नेपाली कांग्रेसका पूर्वमहामन्त्री एवं काठमाडौं क्षेत्र नम्बर १ का उम्मेदवार प्रकाशमान सिंहले भविष्य हेरेर मतदान गर्न आग्रह गरेका छन्।

संविधानको रक्षा गर्ने र त्याग र तपस्याबाट आएका तथा प्रगतिको पथमा लैजान सक्ने उम्मेदवार हेरेर मतदान गर्न सिंहको आग्रह छ।

गणेशमान सिंहको १०८औं जन्मजयन्तीमा आज बिहान काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै उनले कांग्रेस नेतृत्वमा रहेको गठबन्धनले संविधानको रक्षा गरेको बताए।

‘आफ्नो भविष्यको भलाइ हेरेर मतदान गर्नुहोस्। उम्मेदवार कस्ता छन् पनि हेर्नुहोस्। दान भनेको भलाइका लागि गर्ने हो। मतदान भविष्यको भलाइका लागि गर्नुहोस्,’  सिंहले भने। उनले गणेशमान सिंहको राजनीतिक जीवन संघर्षपूर्ण रहेको पनि बताएका थिए।

‘तत्कालीन राजा वीरेन्द्रले २०४६ सालको जनआन्दोलनपछि तपाईं प्रधानमन्त्री हुनुस् भन्नुभएको थियो तर उहाँ (गणेशमान) मान्नुभएन,’ उनले भने, ‘उहाँले त्यसबेला प्रधानमन्त्रीमा कृष्णप्रसाद भट्टराईलाई सिफारिस गर्नुभयो, यसको सन्देश के हो भने राजाले चाहेकोभन्दा जनताले चुनेको व्यक्ति प्रधानमन्त्री हुनुपर्छ भन्ने थियो।’

प्रकाशित: Nov 10, 2022| 08:50 बिहीबार, कात्तिक २४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...