आइतबार, जेठ ३१, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • प्रचण्डले सल्यानका पत्रकारसँग भने– प्रधानमन्त्री बन्न मरिहत्ते गर्दिनँ, पाए छाड्दिनँ

प्रचण्डले सल्यानका पत्रकारसँग भने– प्रधानमन्त्री बन्न मरिहत्ते गर्दिनँ, पाए छाड्दिनँ

एमालेसहितका दलको गठबन्धन प्रतिगमनकारी र कांग्रेससहितका दलको गठबन्धन अग्रगामी भएको प्रचण्डको तर्क।
 |  मंगलबार, कात्तिक २२, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, कात्तिक २२, २०७९

काठमाडौं– नेकपा माओवादी अध्यक्ष पुष्पकल दाहाल कर्णाली प्रदेशका तीन जिल्लामा हुने चुनावीसभालाई सम्बोधन गर्न काठमाडौंबाट सुर्खेत उडेका छन्।

National life

मंगलबार प्रचण्डले कर्णालीका तीन जिल्लामा हुने चुनावीसभालाई सम्बोधन गर्दै छन्।

प्रचण्ड सवार हेलिकप्टर सुर्खेत आउने क्रममा मौसम खराबका कारण सल्यान खलंगामा आकस्मिक अवतरण भएको छ। केही समय सल्यानमा रहेका अध्यक्ष प्रचण्डले सल्यानका पत्रकारसँग संक्षिप्त कुराकानी गरेका छन्। 

पत्रकारसँगको कुराकानीमा अध्यक्ष आमनिर्वाचनपछि गठबन्धनकै सरकार बने पनि प्रधानमन्त्रीका लागि मरिहत्ते नगर्ने सुनाएका छन्। तर अवसर पाए प्रधानमन्त्री बन्न पछि नहट्ने उनको भनाइ छ। 

अध्यक्ष प्रचण्डले भने, ‘४ मंसिरपछि पनि गठबन्धनकै सरकार बन्छ। अहिले प्रधानमन्त्री को बन्छ भन्नेमा हाम्रो सहमति भएको छैन। म प्रधानमन्त्रीकै लागि मरिहत्ते गर्दिनँ। यदि प्रधानमन्त्री पदको अवसर आइलाग्यो भने पछि हट्दिनँ।’

Shivam cement

प्रचण्डले एमालेसहितका दलको गठबन्धन प्रतिगमनको भएको र कांग्रेससहितका दलको गठबन्धन अग्रगामी भएको दाबी गरे।

प्रचण्ड आगामी ४ मंसिरमा हुने संघ तथा प्रदेशसभा निर्वाचनलाई लक्षित गरी जुम्लामा आयोजना गरिएको चुनावीसभालाई सम्बोधन गर्न जुम्ला पुगेका छन्। कर्णाली प्रदेशका तीन जिल्लाका विभिन्न पाँच स्थानमा हुने वाम लोकतान्त्रिक गठबन्धनको चुनावीसभालाई सम्बोधन गर्न गर्न अध्यक्ष प्रचण्डसहित कांग्रेस उपसभापति पूणर्बहादुर खड्का पनि जुम्ला पुगेका छन्। 

जुम्लाको शेराखेत र सिंजामा आयोजना गरिएको चुनावीसभालाई सम्बोधन गरेर प्रचण्ड हुम्लाको सर्केगाडमा आयोजित सभालाई सम्बोधन गर्न जाने कार्यतालिका रहेको माओवादी प्रदेश अध्यक्ष विमला केसीले बताइन्।

प्रचण्डले कालिकोटको खाँडाचक्र नगरपालिकाको मान्म र रास्कोट नगरपालिकामा आयोजित चुनावीसभालाई सम्बोधन गर्नेछन्।

प्रकाशित: Nov 08, 2022| 13:28 मंगलबार, कात्तिक २२, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...