बुधबार बिहान १० देखि अपराह्न १ बजेसम्म मुख्य निर्वाचन अधिृकत वा निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवार वा निजको निर्वाचन प्रतिनिधिले नाम फिर्ता लिन सक्ने निर्वाचन आयोगले जनाएको छ।
राष्ट्रिय जनमोर्चाका अध्यक्ष एवं बागलुङ–१ का प्रतिनिधिसभा सदस्य उम्मेदवार चित्रबहादुर केसीले आसन्न सङ्घ र प्रदेशको चुनाव सत्तारुढ गठबन्धनले जित्नुपर्नेमा जोड दिएका छन्।
डा. महत नुवाकोट– १ बाट चुनाव लड्दै आएका थिए भने आचार्य मोरङ- ४ बाट। दुवै नेता २०७४ सालमा बाम गठबन्धन भएको अवस्थामा माओवादीका नेताहरु क्रमशः हितबहादुर तामाङ र अमनलाल मोदीसँग...
उजुरी खारेज भएसँगै डडेल्धुरामा प्रधानमन्त्री देउवाको उम्मेदवारी कायम रहने भएको छ। उनको उम्मेदवारीविरुद्ध परेको उजुरी कानुनसम्मत नदेखिएको भन्दै उम्मेदवारी कायम राख्ने निर्णय गरिएको मुख्य निर्वाचन अधिकृत बालकृष्ण वाग्लेले जानकारी दिए।
प्रतिनिधिसभा सदस्यको निर्वाचन नजिकिएसँगै राजनीतिक पार्टी तथा उम्मेदवारहरु प्रचारप्रसारमा जुटेका छन्। यस्तो समयमा नेता कार्यकर्ताहरूले कलाकारलाई चुनावी प्रचारप्रसारमा लगाउने गरेको पाइन्छ। कतिपय कलाकार उम्मेदवारका पक्षमा खुलेरै लाग्ने गरेका पनि छन्।
प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो उम्मेदवारी विरुद्धमा परेको उजुरीको जवाफ मुख्य निर्वाचन अधिकृतको कार्यालय डडेलधुरामा बुझाएका छन्।
आगामी मंसिर ४ गतेको हुन गइरहेको प्रतिनिधिसभा सदस्य पदका लागि काठमाडौं–५ का मुख्य प्रतिष्पर्धीका रुपमा हेरिएमा नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेलका बीचमा...
दसैं मनाउन मन्त्री, नेता र कर्मचारीहरु जिल्ला जाँदा सिंहदरबार सुनसान बनेको छ। दसैं सकिएर सरकारी कार्यालयहरु खुल्न थालिसक्दा पनि सिंहदरबारमा चहलपहल भने त्यत्ति बाक्लो देखिँदैन।
प्रतिनिधिसभा र प्रदेशसभा सदस्य पदको आगामी मङ्सिर ४ गते हुने निर्वाचनका लागि आइतबार मनोनयन दर्ता गराएका मकवानपुरका कुनैपनि उम्मेदवारमाथि उजुरी नपरेको निर्वाचन अधिकृतको कार्यालय जनाएको छ।
नेपाली कांग्रेसका नेता डा. मिनेन्द्र रिजालले आफू उम्मेदवार नबनेको कारण पार्टीको संसदीय दलको समन्वयस समिति (अर्थ मन्त्रालय)को संयोजकबाट राजीनामा दिनु रहेकोतर्फ संकेत गरेका छन्।
नेकपा एमालेका नेता भीम रावलले राप्रपाका अध्यक्ष कमल थापा र जसपाका अध्यक्ष उपेन्द्र यादवप्रति आक्रोश व्यक्त गरेका छन्। आफूले टिकट नपाएका रावलले सोमबार राति सामाजिक सञ्जालमार्फत कमल थापा र उपेन्द्र...
प्रतिनिधिसभा र प्रदेशसभा सदस्य पदको आगामी मङ्सिर ४ गते हुने निर्वाचनका लागि १६ वटा प्रतिनिधिसभा सदस्य सिट रहेको सुदूरपश्चिम प्रदेशमा प्रधानमन्त्री शेरबहादुर देउवासहित एक सय ४३ जनाले उम्मेदवारी दर्ता गराएका...