बिहीबार, जेठ २८, २०८३

जनताको काम गर्न मन्त्री नै हुनुपर्छ भन्ने छैन : कांग्रेस नेता सिंह

नेपाली कांग्रेसका नेता प्रकशमान सिंहले जनताको काम गर्नका लागि मन्त्री नै हुनुपर्ने आवश्यकता नभएको बताएका छन्।
 |  शनिबार, पुस २, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, पुस २, २०७९

काठमाडौं- नेपाली कांग्रेसका नेता प्रकशमान सिंहले जनताको काम गर्नका लागि मन्त्री नै हुनुपर्ने आवश्यकता नभएको बताएका छन्।

National life

काठमाडौं–१ शंखमूलमा शनिबार मतदाताका लागि आयोजित धन्यवाद ज्ञापन कार्यक्रममा उनले क्षेत्रको विकासका लागि मन्त्री हुनै पर्ने आवश्यकता नभएको बताएका हुन्।

‘म जनप्रतिनिधि हुँ। म पदमा जाउँला नजाउँला। तर, जनप्रतिनिधिको पद त छ नि मसँग। मैले गर्न सक्ने काम त म त्यसैबाट गर्न सक्छु। मन्त्री नै हुनुपर्ने भन्ने छैन,’ सिंहले भने। 

उनले प्रधानमन्त्री बन्न सके मुलुककै कायापलट गर्न सक्ने आत्मविश्वास आफूमा रहेको पनि बताए। तर, प्रधानमन्त्री जनता र आफूले चाहँदैमा बन्न सहज नभएको सिंहको भनाइ थियो। 

सिंहले आफू मन्त्री भए काठमाडौं–१ का जनताका लागि सुनमा सुगन्ध हुने जिकिर गर्दै जनताबाट अनुमोदित हुनु नै सबैभन्दा ठूलो पद भएको बताए।   

Shivam cement

‘म पदमा भए भने त तपाईंहरूलाई सुनमा सुगन्धै भयो। पदमा नभए पनि माननीय तपाईंहरूले बनाइदिनुभयो,’ उनले भने, ‘योभन्दा ठूलो अरु के होला र? जनताबाट अनुमोदित हुनु नै सबैभन्दा ठूलो पद हो।’

प्रकाशित: Dec 17, 2022| 12:53 शनिबार, पुस २, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...