आइतबार, साउन ४, २०८२
  • गृहपृष्ठ
  • राजनीति
  • कांग्रेस उपसभापति भन्छन्- जनता र संविधानप्रति प्रतिबद्ध व्यक्ति मात्रै राष्ट्रपति बन्‍न सक्छ

कांग्रेस उपसभापति भन्छन्- जनता र संविधानप्रति प्रतिबद्ध व्यक्ति मात्रै राष्ट्रपति बन्‍न सक्छ

नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले देश, जनता र संविधानप्रति दिल दिमागदेखि पूर्णरुपमा प्रतिबद्ध भएको व्यक्तिमात्रै राष्ट्रपति बन्न सक्ने बताएका छन्।
 |  शनिबार, पुस २, २०७९
nespernesper

नेपाल समय

नेपाल समय

शनिबार, पुस २, २०७९

vianetvianet

काठमाडौं- नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले देश, जनता र संविधानप्रति दिल दिमागदेखि पूर्णरुपमा प्रतिबद्ध भएको व्यक्तिमात्रै राष्ट्रपति बन्न सक्ने बताएका छन्।

गैरसांसद र त्यसमा पनि गैरराजनीतिक व्यक्तिलाई राष्ट्रपति बनाउने चर्चा चलिरहेका बेला प्रधानमन्त्री एवम् कांग्रेस सभापति शेरबहादुर देउवाका विश्वासपात्र रहेका खड्काले कांग्रेसले राष्ट्रपतिको विषयमा कसैसँग पनि सम्झौता नगर्ने र गर्न नहुने बताए।

शनिबार बिहान सामाजिक सञ्जालमार्फत् उपसभापति खड्काले राष्ट्रपति को बन्ने चर्चाले गम्भीर बनाएको भनेका छन्। 'मेरो प्रष्ट धारणा छ - राष्ट्रपति- देश, जनता र संविधानसभाले बनाएको संविधानप्रति दिल-दिमागदेखि पूर्ण रुपमा प्रतिबद्ध हुनुपर्छ । यो कुरामा नेपाली कांग्रेस पार्टी कसैसँग सम्झौला गर्न सक्दैन, गर्नु हुँदैन,' खड्काले लेखेका छन्।

प्रकाशित: Dec 17, 2022| 11:31 शनिबार, पुस २, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...