निर्वाचन आयोगले चुनावमा उम्मेदवारहरुले सामाजिक सञ्जालबाट प्रचार-प्रसार लाग्ने खर्चलाई पनि निर्वाचन खर्चमा समावेश गरिने जनाएको छ। आयोगले विज्ञप्ति जारी गर्दै राजनीतिक दलहरुले सामाजिक सञ्जालमा गरेको विज्ञापन खर्च समेत निर्वाचन खर्चमा...
०७४ मा सम्पन्न भएको प्रदेश तथा प्रतिनिधिसभा सदस्य निर्वाचनमा माओवादी केन्द्र र एमालेबीच वामगठबन्धन भएका वेला बिना मगर संघ र तारा लामा तामाङ प्रदेशतर्फ उम्मेदवार भएका थिए। दुबै दोब्बर मतले...
आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि आइतबार उम्मेदवारी दर्ता भएर आयोगले सोमबार उजुरी माग गरेको छ। प्रधानमन्त्री तथा पूर्वप्रधानमन्त्रीहरुको निर्वाचन क्षेत्रमा कति प्रतिस्पर्धी छन्...
प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको उम्मेदवारी खारेजीको माग गर्दै नेपाली कांग्रेस बीपीका उम्मेदवार कर्ण मल्लले उजुरी दिएका छन्।
चितवन क्षेत्र नम्बर १ मा सत्ता गठबन्धनबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार बनेका नेपाली कांग्रेसका डा. विश्व पौडेलविरुद्ध कांग्रेसकै बागी उम्मेदवार राजेन्द्र बुर्लाकोटीले उजुरी दिएका छन्।
सुनसरी–३ बाट प्रतिनिधिसभा निर्वाचनको उम्मेदवारी दिएका कांग्रेस नेता विजयकुमार गच्छदारको उम्मेदवारी खारेजको माग गर्दै निर्वाचन कार्यालयमा उजुरी परेको छ।
गोरखा क्षेत्र–२ मा उम्मेदवारी दर्ता गरेका प्रचण्डले पार्टी नेता, सत्ता गठबन्धनका नेताहरू र उम्मेदवारसँग आगामी चुनावमा जित हासिल गर्नेबारे सामूहिक छलफल गरेका हुन्।
सत्ता गठबन्धनका तर्फबाट निर्वाचन क्षेत्र नं १ मा नेकपा माओवादी केन्द्रकी नेता बिना मगरले मनोनयन दर्ता गराएकी छन्। यसअघिको निर्वाचनमा उनी भारी मतले विजयी भएकी थिइन्।
आइतबार गरिएको मनोनयन दर्ताअन्तर्गत जिल्लाको दुई प्रतिनिधिसभा क्षेत्रमा ३३ जनाले उम्मेदवारी दर्ता गर्नुभएको जिल्लास्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।