आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली (प्रत्यक्ष) तर्फ आइतबार उम्मेदवारहरूको मनोनयनपत्र दर्ता उत्साहजनक तथा शान्तिपूर्णरूपमा सम्पन्न भएको छ। दर्ता भएका...
आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि जिल्लामा एक सय २२ जनाले उम्मेदवारी दर्ता गरेका छन्। जिल्लाका तीन संघीय निर्वाचन क्षेत्र र छ प्रदेश क्षेत्रका लागि...
आगामी मङ्सिर ४ गते हुने पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ कैलाली जिल्लामा प्रतिनिधिसभातर्फ ५० र प्रदेशसभातर्फ ९३ जनाले आज उम्मेदवारीको मनोनयन दर्ता गराएका छन्।
डडेल्धुरा नेकपा (एमाले) ले डडेल्धुरामा नेपाली कांग्रेस (बीपी) सँगको गठबन्धन तोडेको छ। एमालेले कांग्रेस (बीपी) का कर्णबहादुर मल्ललाई प्रतिनिधिसभा सदस्यमा समर्थन गर्ने जनाएको थियो।
आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभाको १६५ सिटका लागि दुई हजार ४५२ जनाले उम्मेदवारी दर्ता गराएका छन्। यस्तै, प्रदेशसभा सदस्यका लागि ३ हजार ३२६ जनाको उम्मेदवारी दर्ता भएको निर्वाचन...
आगामी निर्वाचनमा पार्टीबाट उम्मेदवारको टिकट नपाएका नेताहरूले स्वतन्त्र उम्मेदवारी दिएका छन्। मङ्सिर ४ गते हुने सङ्घ तथा प्रदेशको निर्वाचनका लागि पार्टीले टिकट नदिएपछि उनीहरूले यसअघि उठेकै निर्वाचन क्षेत्रबाट उम्मेदवारी मनोनयन...
इलाम प्रतिनिधिसभा क्षेत्र नं १ बाट पूर्वप्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले मनोनयन दर्ता गराएका छन्। खनालको अनुपस्थितिमा एकीकृत समाजवादीका प्रतिनिधि दीपक पौडेलले मनोनयन दर्ता गराएका हुन्।
जनता समाजवादी पार्टीले बाँकेका सबै निर्वाचन क्षेत्रमा आफ्ना उम्मेदवारी दिएको छ। ३ प्रतिनिधि सभा र ६ प्रदेश सभामा जनता समाजवादी पार्टीले एकल उम्मेदवारी दिएको हो। अन्य ठाउँमा गठबन्धन भए पनि...
दाङ निर्वाचन क्षेत्र नम्बर-१ मा नेकपा एमालेकी निवर्तमान सांसद गंगा चौधरी सत्गौवाले उम्मेदवारी दर्ता गराएकी छन्। उनले स्वतन्त्रबाट उम्मेदवारी दर्ता गराएकी हुन्।
नेकपा एमालेका नेता रामवीर मानन्धरले काठमाडौं क्षेत्र नम्बर ७ मा स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन्। एमालेले उनलाई टिकट नदिएपछि रामविरले स्वतन्त्र उम्मेदवारी दिएका हुन्।
नेकपा एमाले विभाजनअघिका दुई राजनीतिक सहकर्मी यसपटको आम निर्वाचनमा एकअर्काविरुद्ध आमने-सामने भएका छन्। नेकपा एमालेमा रहँदा गोकर्ण विष्टलाई जिताउन चुनावी मैदानमा होमिएकी झाँक्री यसपटक उनलाई पराजित गर्न चुनावी मैदानमा छन्।
नेकपा एमालेका नेता प्रभु शाहले रौतहट ३ बाट बागी उम्मेदवारी दर्ता गराएका छन्। आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि शाहले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका हुन्।
गत स्थानीय निर्वाचनमा कांग्रेसलाई जिताए फ्रिमा मलेसिया पठाइदिने अभिव्यक्ति दिएर आलोचित भएकी प्रधानमन्त्री पत्नी तथा कांग्रेस नेतृ आरजु राणा देउवाले डडेलधुरा पुगेर त्यही कुरा दोहोर्याएकी छन्।
टीकापुर हत्याकाण्डको प्रमुख अभियुक्तको आरोप लागेका रेशम चौधरी जेलभित्रैबाट चुनाव लड्ने भएका छन्। बर्दिया क्षेत्र नम्बर २ को निर्वाचन अधिकृतको कार्यालयमा उनको उम्मेदवारी दर्ता भएको छ।