बिहीबार, जेठ २८, २०८३

कांग्रेसले एमालेसँग मिलेर सरकार बनाए सडक रोज्छौं : प्रचण्ड

माओवादीलाई बाहिरै राखेर कांग्रेस र एमाले मिलेर सरकार चलाए पनि उनीहरु जुध्ने प्रचण्डको दाबी।
 |  सोमबार, मंसिर २६, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, मंसिर २६, २०७९
National life
Shivam cement

काठमाडौं– नेपाली कांग्रेस र नेकपा एमालेबीच सरकार निर्माणका लागि भित्रभित्रै कुरा चलिरहेको सूचना आफूकहाँ आइपुगेको नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले खुलासा गरेका छन्। हाल प्रचण्ड कांग्रेस नेतृत्वको सरकारमा सत्ता साझेदार रहेका छन्। प्रेस सेन्टर नेपालको केन्द्रीय पदाधिकारी बैठकलाई ललितपुरमा सम्बोधन गर्दै दुई ठूला दलबीच सरकार निर्माण भए आफ्नो प्रतिपक्षमा बस्ने उनले बताएका हुन्।

उनले भने, ‘कांग्रेस र एमाले मिलेर भित्रभित्रै सरकार बनाउने वार्ता भइरहेको थाहा पाएका छौं। साँच्चिकै त्यसो भए माओवादी प्रतिपक्षमा बस्छ। हामी संसद् र सडकमा जान्छौं। माओवादीलाई बाहिरै राखेर कांग्रेस र एमाले मिलेर सरकार चलाए पनि उनीहरु जुध्ने दाबी उनले गरे। 

उनले एमाले अध्यक्ष केपी ओलीले संसद् विघटन गर्दै माओवादीलाई सिध्याउन खोजेको दाबी गरे। ‘त्यतिबेलै माओवादीलाई सिद्धयाउन खोजिएको थियो तर हामी सिद्धिएनौं। झन् निर्णायक भएका छौं’, प्रचण्डले भने।

प्रकाशित: Dec 12, 2022| 14:02 सोमबार, मंसिर २६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...