बिहीबार, जेठ २८, २०८३

राजनीतिक दलका नेताले समाजप्रतिको विश्वास गुमाए : प्रदीप पौडेल

विकास निर्माणका काम हुन नसके उपल्लो स्तरका नेताहरूलाई पनि समाजले सम्मान गर्ने स्थिति नरहने नेता पौडेलेको दाबी।
 |  सोमबार, मंसिर २६, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, मंसिर २६, २०७९

काठमाडौं– कांग्रेस नेता एवं सभासद् प्रदीप पौडेलले घोषणापत्र लेख्ने, प्रतिबद्धता व्यक्त गर्ने तर काम केही नहुने स्थिति निरन्तर रहिरहे राजनीतिसँग कोही पनि नजोडिने बताएका छन्। पौडेले काठमाडौं ५ बाट प्रतिनिधिसभामा निर्वाचित सांसद हुन्।

National life

सोमबार बूढानीलकण्ठ नगरपालिका–४ को विष्णुमती किनारमा करिडोर सडक शिलान्यास गर्दै पौडेलले राजनीतिले धेरै विश्वास गुमाइसकेको बताएका हुन्।

विकास निर्माणका काम हुन नसके उपल्लो स्तरका नेताहरूलाई पनि समाजले सम्मान गर्ने स्थिति नरहने उनको भनाइ छ। उनले भइरहेका, रोकिएका र गर्नुपर्ने कामको सूची बनाएर व्यवस्थित र प्राथमिकताका आधारमा काम अघि बढाउन प्रतिबद्ध रहेको बताए। उनले  विष्णुमतीमा मापदण्डअनुसार करिडोर बनाउन रोकिएको कारणबारे सोधीखोजी गरे।

कतिपय सडकमा विद्युत् प्राधिकरणले तार भूमिगत गर्न सडक अलपत्र छाडेको र मेलम्ची खानेपानीका लागि पाइप बिच्छ्याउन सडक खनेर अलपत्र पारेकाले जनताले सास्ती भोग्नुपरेको उनको धारणा छ।

उनले भने, ‘राजनीतिले धेरै विश्वास गुमाइसकेको छ। घोषणापत्र लेख्ने, प्रतिबद्धता व्यक्त गर्ने तर काम केही नहुने स्थिति निरन्तर रहिरह्यो भने राजनीतिसँग कोही जोडिँदैन। स्थानीय तहले नै स्थानीय तहको विकास गर्ने हो । बजेट ल्याउन प्रदेश र संघका सांसद लाग्नेछौं।’

Shivam cement

नेता पौडेलले आफ्नो निर्वाचन क्षेत्रमा बाटो र खानेपानीको समस्या धेरै रहेको सुनाए। निर्वाचनका बेला जनतासँग गरेका प्रतिबद्धतालाई पूरा गर्न निर्वाचन क्षेत्रमा रहेका समस्या समाधानको पहलकदमी सुरु भइसकेको उनले जानकारी दिए। नेता पौडेलले विष्णुमतीको मुहानदेखि निर्वाचन क्षेत्रमा पर्ने विष्णुमती करिडोर सडकलाई बनाउने, स्तरोन्नति र कालोपत्रे गर्न सक्दो सहयोग गर्ने प्रतिबद्धता उनले जनाए।

प्रकाशित: Dec 12, 2022| 12:45 सोमबार, मंसिर २६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...