बिहीबार, जेठ २८, २०८३

रेशमले 'चाँडै छुट्छु' भनेपछि कारागारबाहिर शुभेच्छुकको भीड

रेशम चौधरीलाई रिहाइ गर्नेगरी अध्यादेशमार्फत सरकारले कानुन संशोधन गर्ने भएपछि डिल्लीबजारस्थित कारागारमा उनलाई भेट्न सुभेच्छुकहरु पुगेका छन्। सरकारले उनलाई रिहाइ गर्ने आश्वासन दिएको छ।
 |  सोमबार, मंसिर २६, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, मंसिर २६, २०७९

काठमाडौं– रेशम चौधरीलाई रिहाइ गर्नेगरी अध्यादेशमार्फत सरकारले कानुन संशोधन गर्ने भएपछि डिल्लीबजारस्थित कारागारमा उनलाई भेट्न सुभेच्छुकहरु पुगेका छन्। सरकारले उनलाई रिहाइ गर्ने आश्वासन दिएको छ।

National life

सरकार गठनका लागि बहुमत पुर्याउने उद्देश्यले कानुन संशोधन गर्न अध्यादेश सरकारले राष्ट्रपतिसमक्ष पेश गरेको छ। फौजदारी कार्यविधि संहिताले जिल्ला अदालतमा विचाराधीन मुद्दा मात्रै सरकारले फिर्ता लिन सक्ने व्यवस्था गरेको छ । सरकारले फौजदारी कार्यविधि संहितालाई संशोधन गरेर ‘जुनसुकै अदालतमा विचाराधीन रहेका’ मुद्दा पनि फिर्ता लिन सक्ने गरी कानुनी व्यवस्था गर्न लागेको हो।

उक्त अध्यादेश राष्ट्रपतिसमक्ष गएलगत्तै राष्ट्रपतिले प्रमाणीकरण गरी तत्काल रेशम छुट्ने आशा सुभेच्छुकको छ। नागरिक उन्मुक्ति पार्टी स्रोतका अनुसार रेशमले आफू १ साताभित्रै छुट्ने जानकारी शुक्रबार दिएका थिए। उक्त जानकारी पाएलगत्तै जिल्लाबाट उन्मुक्तिका नेता तथा कार्यकर्ता काठमाडौं आएका छन्। 

अध्यादेश राष्ट्रपतिसामु पेश भएपछि कारागार परिसरमा झण्डासहित पुगेका उनीहरू रेशमको स्वागतका लागि प्रतीक्षामा छन्। शुभेच्छुकले रेशमको पक्षमा नारा पनि लगाएका छन्।

यद्यपि, रेशम तत्काल नै रिहा हुन्छन् भन्ने होइन। सरकारले अध्यादेश राष्ट्रपतिसामु पेश गरेकोमा राष्ट्रपतिले उक्त अध्यादेश पास गरेपछि प्रक्रियागत रुपमा नयाँ कार्यदिशा तयार हुनेछ। त्यसपछि मात्रै रेशम रिहाइको प्रक्रिया सुरु हुनेछ।

Shivam cement

प्रकाशित: Dec 12, 2022| 13:33 सोमबार, मंसिर २६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...