बिहीबार, जेठ २८, २०८३

ओली र अर्जुननरसिंह केसीबीच भेटवार्ता

नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गरेका छन्।
 |  सोमबार, मंसिर २६, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, मंसिर २६, २०७९

काठमाडौं- नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गरेका छन्।

National life

ओली निवास बालकोटमा आइतबार बेलुकी केसी र ओलीबीच समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल भएको हो। उनीहरूबीच करिब दुई घन्टा कुराकानी भएको केसीको सचिवालयले जानकारी दिएको छ।

भेटवार्तामा ओलीले नयाँ सरकार गठनबारे चासो राखेका थिए। ओलीको निमन्त्रणामा केसी बालकोट पुगेका थिए।

भेटवार्तामा द्वन्द्वकालीन मुद्दा किनारा लगाउने, भ्रष्टाचारविरूद्ध एक भई लड्नेलगायत विषयमा पनि उनीहरूबीच कुराकानी भएको केसीको सचिवालयले जानकारी दिएको छ।

प्रकाशित: Dec 12, 2022| 09:09 सोमबार, मंसिर २६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...