बिहीबार, जेठ २८, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • रेशमलाई छुटाउन ल्याउन खोजिएको अध्यादेश संविधानको मर्म विपरित : कांग्रेस नेता शाही

रेशमलाई छुटाउन ल्याउन खोजिएको अध्यादेश संविधानको मर्म विपरित : कांग्रेस नेता शाही

सरकारले रेशम चौधरीसहित टीकापुर घटनाका अभियुक्त र विप्लव नेतृत्वको नेकपा माओवादीका कार्यकर्तालाई जेलबाट छुटाउन सहज हुने गरी ल्याउन लागेको अध्यादेशमाथि कांग्रेस नेता भूपेन्द्रजंग शाहीले आपत्ति जनाएका छन्।
 |  सोमबार, मंसिर २६, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, मंसिर २६, २०७९
National life
Shivam cement

काठमाडौं- सरकारले रेशम चौधरीसहित टीकापुर घटनाका अभियुक्त र विप्लव नेतृत्वको नेकपा माओवादीका कार्यकर्तालाई जेलबाट छुटाउन सहज हुने गरी ल्याउन लागेको अध्यादेशमाथि कांग्रेस नेता भूपेन्द्रजंग शाहीले आपत्ति जनाएका छन्।

उनले यसलाई संविधानको भावना र मर्म विपरीत भएको बताएका छन्। यसलाई तत्काल फिर्ता गर्न पनि उनले माग गरेका छन्। सामाजिक सन्जालमा लेख्दै शाहीले यसबारे आफ्नो धारणा राखेका हुन्।

उनले लेखेका छन्, ‘टीकापुर घटनामा अदालतले अपराधी करार गरेर जन्मकैदको सजाय तोकेको व्यक्तिलाई अध्यादेशमार्फत उन्मुक्ति दिन खोज्नु संविधानको भावना र मर्म विपरीत छ। सत्ता स्वार्थको लागि जे पनि गर्ने प्रवृत्ति खेद जनक छ। उक्त घटनामा मारिएका सुरक्षाकर्मीका बिधुवा र टुहुरा बालबालिकाहरुको आँशुले सराप्ने छ।’

प्रकाशित: Dec 12, 2022| 10:12 सोमबार, मंसिर २६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...