बुधबार, असार ३, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • शेखर कोइरालाले भने– अध्यादेश ल्याएर माफी दिने प्रयास लोकतन्त्रको उपहास

शेखर कोइरालाले भने– अध्यादेश ल्याएर माफी दिने प्रयास लोकतन्त्रको उपहास

अध्यादेशमार्फत कानुन संशोधन गरी अदालतले दोषी मानेकालाई माफी दिने प्रयास गरिनु कानुनी शासन, संसदीय प्रणाली, राजनीतिक र लोकतान्त्रिक मर्मको उपहास भएको कोइरालाको दाबी।
 |  सोमबार, मंसिर २६, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, मंसिर २६, २०७९
National life
Shivam cement

काठमाडौं– कांग्रेस नेता डा. शेखर कोइरालाले सरकारले अध्यादेशमार्फत कानुन संशोधन गरी अदालतले डामेका रेशम चौधरीलाई माफी दिने प्रयास गर्नु कानुनी शासन, संसदीय प्रणाली, राजनीतिक र लोकतान्त्रिक मर्मको उपहास भएको बताएका छन्। 

सोमबार सामाजिक सन्जाल फेसबुकमा प्रतिक्रिया दिँदै उनले भनेका छन्, ‘अध्यादेशमार्फत कानुन संशोधन गरी अदालतले दोषी मानेकालाई माफी दिने प्रयास गरिनु कानुनी शासन, संसदीय प्रणाली, राजनीतिक र लोकतान्त्रिक मर्मको उपहास गर्नु हो।’

उनले आफू अनुकूल राजनीतिक सहजताका लागि कानुनलाई बंग्याउने छुट कसैलाई नभएको बताएका छन्। शेखरले भनेका छन्, ‘आफू अनुकूलको राजनीतिक सहजताका लागि कानुनलाई बंग्याउने छुट कसैलाई छैन। भोलि यसले गलत नजिर बस्न जान्छ।’ आइतबार बसेको मन्त्रिपरिषद् बैठकले रेशम चौधरीलगायतलाई जेलबाट छुटाउन मुलुकी फौजदारी संहिता संशोधन गर्न अध्यादेश ल्याउने निर्णय गरेको थियो।

प्रकाशित: Dec 12, 2022| 17:03 सोमबार, मंसिर २६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...