शनिबार, साउन ३, २०८२

डोल्पामा एमाले-माओवादी कार्यकर्ताबीच झडप हुँदा नौ जना घाइते

हिमाली जिल्ला डोल्पामा नेकपा एमाले र नेकपा माओवादी केन्द्रका कार्यकर्ताबीच झडप भएको छ। झडपमा परी नौ जना घाइते भएका छन्।
 |  सोमबार, मंसिर २६, २०७९
nespernesper

नेपाल समय

नेपाल समय

सोमबार, मंसिर २६, २०७९

vianetvianet

डोल्पा- हिमाली जिल्ला डोल्पामा नेकपा एमाले र नेकपा माओवादी केन्द्रका कार्यकर्ताबीच झडप भएको छ। झडपमा परी नौ जना घाइते भएका छन्।

घाइते हुनेमा एमाले समर्थित चार जना कार्यकर्ता घाइते भएका छन्। माओवादी समर्थित पाँच जना कार्यकर्ता घाइते भएको कर्णाली प्रदेश प्रहरी कार्यालयले जानकारी दिए। 

झडपमा परी एमाले समर्थित जगदुल्ला गाउँपालिका–३ थापागाउँका ४२ बर्षीय जालपा बोहोरा, ५० बर्षीया शान्ता बोहोरा, ३८ बर्षीया भद्र बोहोरा र  सोही ठाउँमा १२  बर्षीया कृष्णजंग बोहोरा घाइते भएका छन्।  यस्तै माओवादी समर्थित पालिकाको थापा गाउँका ५९ बर्षीया बिर्ख बोहोरा, १८ वर्षका लक्ष्मण बोहोरा घाइते भएका छन्। यस्तै ५४ वर्षका गोरसिह, १६ वर्षीया पबिन्द्र बोहोरा र  २१ वर्षका जगत बोहोरा घाइते भएका छन्। 

प्रहरी चौकी माझगाउँलाई उद्धृत गर्दै प्रदेश प्रहरी कार्यालयका अनुसार आइतबार राती थापागाउँस्थित वडा कार्यालय नजिकका झडप भएको थियो। 

प्रकाशित: Dec 12, 2022| 13:42 सोमबार, मंसिर २६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...