शुक्रबार, साउन २, २०८२

करिडोर निर्माणले चक्रपथको सवारी जाम कम हुन्छ : प्रदीप पौडेल

बूढानीलकण्ठ नगरपालिका–४ स्थित विष्णुमती करिडोर सडकको आज शिलान्यास गर्दै उहाँले करिडोर बनेको खण्डमा चक्रपथको जाम कम हुने बताएका हुन्।
 |  सोमबार, मंसिर २६, २०७९
nespernesper

नेपाल समय

नेपाल समय

सोमबार, मंसिर २६, २०७९

vianetvianet

काठमाडौं- नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले करिडोर निर्माणले चक्रपथ क्षेत्रको सवारी जाम कम हुने बताएका छन्। बूढानीलकण्ठ नगरपालिका–४ स्थित विष्णुमती करिडोर सडकको आज शिलान्यास गर्दै उहाँले करिडोर बनेको खण्डमा चक्रपथको जाम कम हुने बताएका हुन्। विष्णुमतीमा मापदण्डअनुसार करिडोर बनाउन नसक्दा सवारी जाम बढेको उनको भनाइ छ।

काठमाडौँ क्षेत्र नं ५ का नवनिर्वाचित सांसद पौडेलले राजनीतिले धेरै विश्वास गुमाइसकेको बताए। उनले घोषणापत्र लेख्ने, प्रतिबद्धता व्यक्त गर्ने तर काम केही नहुने स्थिति निरन्तर रहे राजनीतिसँग कोही पनि नजोडिने बताए। नेता पौडेलले विकास निर्माणका काम हुन नसके राजनीतिको ठूलो तहमा पुगेका नेतालाई पनि समाजले सम्मान गर्ने स्थिति नरहने बताए। उनले भइरहेका, रोकिएका र गर्नुपर्ने कामको सूची बनाएर व्यवस्थित र प्राथमिकताका आधारमा काम अघि बढाउन आफू प्रतिबद्ध रहेको उल्लेख गरे।

कतिपय सडकमा विद्युत् प्राधिकरणले तार भूमिगत गर्ने भन्दै सडक अलपत्र छोडेको र मेलम्ची खानेपानीका लागि पाइप विच्छ्याउन सडक खनेर अलपत्र पारेकाले जनताले सास्ती भोग्नुपरेको उनको भनाइ छ। बिग्रिएका बाटोको मर्मतका लागि आवश्यक पहल गरिरहेको नेता पौडेलले बताए।

उनले काठमाडौँ क्षेत्र नं ५ मा बाटो र खानेपानीको समस्या धेरै रहेको उल्लेख गर्दै आफूले निर्वाचनको बेलामा जनतासँग गरेका प्रतिबद्धतालाई पूरा गर्न पहलकदमी थालेको पनि बताए। नेता पौडेलले विष्णुमतीको मुहानदेखि आफ्नो निर्वाचन क्षेत्रमा पर्ने विष्णुमती करिडोर सडकलाई बनाउने, स्तरोन्नति गर्ने र कालोपत्रे गर्ने कुरामा आफू निरन्तर लाग्ने विश्वास दिलाए। विष्णुमती करिडोर सडक करिब रु १२ करोडमा निर्माण हुने अनुमान गरिएको छ।


प्रकाशित: Dec 12, 2022| 20:46 सोमबार, मंसिर २६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...