शनिबार, साउन ३, २०८२

काठमाडौंमा हुँदै एमालेबाट निर्वाचित सभासद्को जमघट

प्रतिनिधिसभा र प्रदेशसभामा एमालेका २३९ जना सांसद निर्वाचित भएका छन्।
 |  बिहीबार, मंसिर २९, २०७९
nespernesper

नेपाल समय

नेपाल समय

बिहीबार, मंसिर २९, २०७९

vianetvianet

काठमाडौं– नेकपा एमालेले ४ मंसिरमा सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभामा निर्वाचित सांसदहरुको भेला आह्वान गरेको छ। 

एमालेले ५ पुसमा काठमाडौको कमलादीमा भेला बोलाएको पार्टी प्रचार विभाग उपप्रमुख विष्णु रिजालले बताएका हुन्।

प्रतिनिधिसभासहित सातै प्रदेशका सांसदलाई भेलामा सहभागिताका लागि पत्राचार गरिएको उनको भनाइ छ। भेलामा सहभागीलाई पार्टीका शीर्ष नेताहरुले प्रशिक्षण दिनेछन्। 

एमालेबाट प्रतिनिधिसभामा प्रत्यक्षतर्फ ४४ र समानुपातिकतर्फ ३४ गरी ७८ जना निर्वाचित भएका छन् भने प्रदेशसभामा दुवै निर्वाचन प्रणालीबाट १६१ जना निर्वाचित भएका छन्। प्रतिनिधिसभा र प्रदेशसभामा एमालेका २३९ जना सांसद निर्वाचित भएका छन्।

निर्वाचन आयोगले ३ पुसमा समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित सांसदलाई निर्वाचित भएको प्रमाणपत्र दिने कार्यक्रम सार्वजनिक गरेको छ।


प्रकाशित: Dec 15, 2022| 12:05 बिहीबार, मंसिर २९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...