काठमाडौं- संघीय संसद् सचिवालयका सचिव ध्रुवप्रसाद घिमिरेले राजीनामा दिएका छन्। मंगलबार दिएको घिमिरेको राजीनामा बुधबार स्वीकृत भएको बताइएको छ।
प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई महाअभियोग निष्क्रियको पत्र दिएपछि महासचिव डा. भरतराज गौतमको राजीनामा माग भइरहँदा सचिव घिमिरेले राजीनामा दिएका हुन्।
तर, घिमिरेले आफूले पारिवारिक कारणले राजीनामा दिएको राजीनामा पत्रमा उल्लेख गरेका छन्।