बिहीबार, जेठ २८, २०८३

रामचन्द्र पौडेलले मागे देउवासँग प्रधानमन्त्री

पौडेलको आग्रहलाई देउवाले ‘छलफल गरौंला’ भन्ने जवाफ मात्र दिए।
 |  बुधबार, मंसिर २८, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, मंसिर २८, २०७९
National life
Shivam cement

काठमाडौं– कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टी सभापति शेरबहादुर देउवासँग आफूलाई प्रधानमन्त्री बनाउन सहयोगका लागि आग्रह गरेका छन्। बुधबार पार्टी सभापति देउवा भेट्न बालुवाटार पुगेका नेता पौडेलले भावी प्रधानमन्त्रीका लागि आफूलाई सहयोग गर्न आग्रह गरेका हुन्।  

पौडेलको आग्रहलाई देउवाले ‘छलफल गरौंला’ भन्ने जवाफ मात्र दिए। कांग्रेसभित्र देउवाले आफू निर्विकल्प प्रधानमन्त्रीको दावेदार रहेको बताउँदै आएका छन्। 

‘म पार्टी सभापतिलाई निम्तो दिन बालुवाटार गएको थिएँ। त्यतिबेला छोटो कुरा भयो। सभापतिजीलाई प्रधानमन्त्रीमा मलाई सहयोग गर्नुस् भनेर प्रस्ताव राखें। उहाँले ‘छलफल गरौंला’ मात्र भन्नुभयो,’ नेता पौडेलले भने।

प्रकाशित: Dec 14, 2022| 16:02 बुधबार, मंसिर २८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...