बुधबार, असार ३, २०८३

बाँकेमा नौजनाद्वारा उम्मेदवारी फिर्ता

बिहीबार, असोज २७, २०७९
प्रतिनिधिसभा र प्रदेशसभातर्फ बाँकेमा नौ उम्मेदवारले उम्मेदवारी फिर्ता लिएका छन्। निर्वाचन अधिकृतको कार्यालयका अनुसार उम्मेदवारी फिर्ता लिनेमा एक प्रतिनिधिसभा र आठ प्रदेशसभाका उम्मेदवार छन्।

युक्रेनको पक्षमा नेपालको मतदान

बिहीबार, असोज २७, २०७९
संयुक्त राष्ट्रसङ्घको साधारणसभामा एक सय ४३ सदस्य देशले युक्रेनमाथि रुसले गरेको बर्बर र पाशविक आक्रमणको निन्दा र भत्र्सना गर्दै खेद प्रस्ताव पारित गरेका छन्।

तनहुँमा महिला उम्मेदवार चार प्रतिशत

बुधबार, असोज २६, २०७९
आगामी मंसिर ४ गते प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको निर्वाचनमा तनहुँमा कूल उम्मेदवारमध्ये चार प्रतिशत महिलाले मात्र उम्मेदवारी दर्ता गराएका छन्।

प्रतिनिधि सभामा ११९ र प्रदेश सभामा २५७ जनाले फिर्ता लिए उम्मेदवारी

प्रतिनिधि सभामा ११९ र प्रदेश सभामा २५७ जनाले फिर्ता लिए उम्मेदवारी

आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि उम्मेदवारी दर्ता गराएकामध्ये ३७६ जनाले उम्मेदवारी फिर्ता लिएका छन्।
नेताको फोनकै भरमा नियमविपरीत राजुको उम्मेदवारी खारेज, विवादमा तानिए निर्वाचन अधिकृत

नेताको फोनकै भरमा नियमविपरीत राजुको उम्मेदवारी खारेज, विवादमा तानिए निर्वाचन अधिकृत

प्रतिनिधिसभा सदस्य ऐन २०७४ अनुसार फौजदारी अभियोगमा मुद्दा दर्ता गरी कसुर ठहर भएमा मात्रै स्वत: उम्मेदवारी खारेज हुने उल्लेख छ। तर, गुरुङको चेक अनादर मुद्दा उच्च अदालत पाटन ललितपुरमा विचाराधिन...
नागरिकतामा धेरै राजनीति नगर्न गृहमन्त्रीलाई ओलीको चेतावनी

नागरिकतामा धेरै राजनीति नगर्न गृहमन्त्रीलाई ओलीको चेतावनी

गैरआवासीय नेपाली संघको २० औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले प्रतिवाद नगर्ने संस्थामाथि सरकारकै मन्त्रीबाट प्रहार हुनु लोकतन्त्रविरोधी भएको भन्दै प्रधानमन्त्रीले लोकतन्त्र रक्षाका लागि भए पनि...
तपाईंको निर्वाचन क्षेत्रमा उम्मेदवारले कतिसम्म खर्च गर्न पाउँछन्? (हेर्नुस् सूचीसहित)

तपाईंको निर्वाचन क्षेत्रमा उम्मेदवारले कतिसम्म खर्च गर्न पाउँछन्? (हेर्नुस् सूचीसहित)

आयोगले अनुसूची–१ अन्तर्गत ५ वटा निर्वाचन क्षेत्रमा खर्च सीमा २५ लाख रुपैयाँ तोकेको छ। भने अनुसूची २ अन्तर्गत १७ वटा निर्वाचन क्षेत्रमा २७ लाख, अनुसूची–३ का ६५ वटा निर्वाचन क्षेत्रमा...
बागी फिर्ता नलिने उम्मेदवारसहित प्रस्तावक र समर्थक ५ वर्षका लागि निष्कासन : कांग्रेस

बागी फिर्ता नलिने उम्मेदवारसहित प्रस्तावक र समर्थक ५ वर्षका लागि निष्कासन : कांग्रेस

नेपाली कांग्रेसले बागी फिर्ता पार्टीका सदस्यहरुलाई सदस्य समेत नरहने गरी ५ बर्षका लागि निष्कासन गरेको छ।
प्रकाशित
बुधबार, असोज २६, २०७९  १७:०२

घनश्याम भुसालले पाए त्रिभुज चिह्न

बुधबार उम्मेदवारलाई निर्वाचन अधिकृतको कार्यालयले चुनाव चिह्न दिएको हो।

प्रकाशित
बुधबार, असोज २६, २०७९  १४:४०

सर्लाही १ मा कांग्रेसका दु:ख– स्थानीय तहमा क्लिनस्विप, अहिले उम्मेदवारविहीन

'बर्खामा धान रोप्यौं, दु:ख गर्‍यौं, मंसिरमा बाली अर्कैले थन्क्यायो,' सर्लाहीका कांग्रेस नेता प्रशान्त आचार्य भन्छन्। कांग्रेस लालबन्दी नगरका सभापतिसमेत रहेका आचार्यले सर्लाही-१ को चुनावी समीकरणलाई लिएर यस्तो टिप्पणी गरेका हुन्।

प्रकाशित
बुधबार, असोज २६, २०७९  १४:३४

बर्दिया–२ मा रेशम चौधरीका पिता लालवीरको 'इन्ट्री’

टीकापुर हत्याकाण्डलाई राजनीतिक रङ दिएर थारु बाहुल्य क्षेत्रका जनताको मत जितेका रेशमले आगामी ४ मंसिरको चुनावमा बर्दिया–२ बाट वारेशनामामार्फत उम्मेदवारी दर्ता गराए पनि आयोगले खारेज गरेपछि आफ्ना बुबालाई सुम्पिए उम्मेदवारी।

प्रकाशित
बुधबार, असोज २६, २०७९  १४:२५

चितवन-३ मा नयाँ ट्विस्ट: कोइरालालाई एमालेको समर्थन, बुर्लाकोटी पनि भएनन् ब्याक

नेपाली कांग्रेसका केन्द्रीय सदस्य दिनेश कोइरालाले चितवन क्षेत्र नम्बर ३ बाट दिएको उम्मेदवारी फिर्ता नलिने भएका छन्। सो क्षेत्रबाट एमालेले आफ्नो उम्मेदवारी फिर्ता लिएको छ।

प्रकाशित
बुधबार, असोज २६, २०७९  १४:०५

चितवन–३ मा कांग्रेसका बागीलाई एमालेको समर्थन

चितवन–३ मा सत्ता गठबन्धनबाट नेकपा माओवादी केन्द्रका डा. भोजराज अधिकारी उम्मेदवार बनेपछि बागी बनेका कांग्रेसका स्वतन्त्र उम्मेदवार दिनेश कोइरालालाई समर्थन गर्न एमालेले फिर्ता लियो उम्मेदवारी।

प्रकाशित
बुधबार, असोज २६, २०७९  १३:४८

वामदेव गौतमका लागि आगामी चुनाव ‘तटस्थ’

कांग्रेस र एमाले नेतृत्वका गठबन्धन प्रजातान्त्रिक प्रणाली विपरीत रहेको दाबीसहित चुनावमा स्वविवेक प्रयोग गर्न वामदेवको आह्वान।

प्रकाशित
बुधबार, असोज २६, २०७९  १३:१८

धादिङ–२ बाट कांग्रेसका बागी रमेश धमलाले लिए उम्मेदवारी फिर्ता

कांग्रेसले धादिङ क्षेत्र–२ बाट वर्तमान जिल्ला सभापति रामनाथ अधिकारीलाई उम्मेदवार बनाएपछि स्वतन्त्रमा उम्मेदवारी दर्ता गराएका धमलाले पार्टी निर्णय शिरोधार्य गरेका हुन्।

प्रकाशित
बुधबार, असोज २६, २०७९  १३:०४

प्रदीप पौडेललाई नरहरिको सुझाव– स्थानीय र राष्ट्रिय/अन्तर्राष्ट्रिय मुद्दामा नागरिकको पक्ष उभिनू, जनताले साथ दिन्छन्

नेपाली कांग्रेसका तर्फबाट काठमाडौं क्षेत्र नम्बर ५ का उम्मेदवार प्रदीप पौडेलले पार्टीका बौद्धिक नेता नरहरि आचार्यसँग भेट गरेका छन्।

प्रकाशित
बुधबार, असोज २६, २०७९  १२:०६

प्रदेशसभा सदस्यमा दिपक मनाङे निर्विरोध निर्वाचित

मनाङबाट प्रदेशसभा सदस्यमा दिपक मनाङे निर्विरोध निर्वाचित भएका छन्।

प्रकाशित
बुधबार, असोज २६, २०७९  १०:४४

आज चुनाव चिन्ह प्रदान गरिँदै, स्वतन्त्र उम्मेदवारले कसरी पाउँछन्?

आगामी मंसिर ४ मा हुने प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनका लागि आज निर्वाचन आयोगले निर्वाचनका लागि दल/स्वतन्त्र उम्मेदवारलाई चुनाव चिन्ह प्रदान गर्दैछ।

प्रकाशित
बुधबार, असोज २६, २०७९  ०९:३०

नवलपुरमा ग्यास बोकेको ट्यांकर दुर्घटना, एक जनाको मृत्यु

पूर्वी नवलपरासीमा ग्यास बोकेको ट्यांकर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। दुर्घटनामा एक जना घाइते भएका छन्।

प्रकाशित
बुधबार, असोज २६, २०७९  ०९:२०

बागी उम्मेदवारी फिर्ता लिन एकीकृत समाजवादीको निर्देशन

नेकपा एकीकृत समाजवादीले बागी उम्मेदवारलाई उम्मेदवारी फिर्ता लिन निर्देशन दिएको छ।