बुधबार, असार ३, २०८३

कांग्रेस संसदीय दलको निर्वाचन ६ पुसमा

नेपाली कांग्रेस संसदीय दलको निर्वाचन ६ पुसमा हुने भएको छ।
 |  आइतबार, पुस ३, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, पुस ३, २०७९

काठमाडौं– नेपाली कांग्रेस संसदीय दलको निर्वाचन ६ पुसमा हुने भएको छ। आज बसेको कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले संसदीय दलको निर्वाचन गर्न सहमहामन्त्री भीष्मराज आङ्देम्बेको नेतृत्वमा तीन सदस्यीय कार्यदल बनाएको छ।

National life

कार्यदलमा केन्द्रीय सदस्यहरु पुष्पा भुसाल र प्रकाश रसाइली सदस्य छन्। कार्यसम्पादन बैठकअघि सभापति शेरबहादुर देउवाको कार्यकक्षमा बसेको उपसभापति र महामन्त्रीद्वयको अनौपचारिक छलफलले ६ पुसमा संसदीय दलको नेता चयनको निर्वाचन गर्ने सहमति गरेको थियो। 

यसैबीच, राष्ट्रपति विद्यादेवी भण्डारीले आजै सरकार गठनका लागि आह्वान गरेकी छन्। 

चार मंसिरमा भएको निर्वाचनबाट संविधानको धारा ७६ को उपधारा १ बमोजिम कुनै पनि दलले स्पष्ट बहुमत प्राप्त गरेको नदेखिएकोले ७६ कै उपधारा २ बमोजिम प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरुको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रतिनिधिसभाको सदस्यलाई नेपालको प्रधानमन्त्री नियुक्त गर्नको लागि २०७९ पुस १० गते आइतबार अपराह्न  ५ बजेभित्र दाबी पेश गर्न राष्ट्रपतिले आह्वान गरेकी छन्। 

संविधानको धारा ७६ को उपधारा २ मा प्रतिनिधिसभामा कुनै पनि दलको स्पष्ट बहुमत नरहेको अवस्थामा प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरुको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रतिनिधिसभाको सदस्यलाई राष्ट्रपतिले प्रधानमन्त्रीमा नियुक्त गर्ने उल्लेख छ।

Shivam cement

प्रकाशित: Dec 18, 2022| 17:10 आइतबार, पुस ३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...