बुधबार, असार ३, २०८३

एमालेले बोलायो नवनिर्वाचित सांसदको भेला

नेकपा एमालेले नवनिर्वाचित प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यको भेला आह्वान गरेको छ।
 |  सोमबार, पुस ४, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, पुस ४, २०७९

काठमाडौं- नेकपा एमालेले नवनिर्वाचित प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यको भेला आह्वान गरेको छ।

National life

कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा सांसदलाई मंगलबार उपस्थित हुन भनिएको छ। संसदीय भूमिकाबारे एमालेले सांसदहरूलाई प्रशिक्षित गराउन भेला राखेको प्रचार विभागका उपप्रमुख विष्णु रिजालले बताए।

पार्टीले सङ्घीय संसद् तथा प्रदेशसभामा खेल्नुपर्ने भूमिका बारेमा नवनिर्वाचित सांसदलाई जानकारी गराइने उनले बताए।

भेलामा प्रतिनिधिसभा र प्रदेशसभामा निर्वाचित सांसद तथा दुवै सभातर्फका प्रत्यक्षतर्फका उम्मेदवार र निर्वाचन परिचालन कमिटीका सदस्यको सहभागी हुने उनले बताए।

पार्टी अध्यक्ष केपी शर्मा ओलीसहित शीर्ष नेताले भेलालाई सम्बोधन गर्नेछन्। 

Shivam cement

प्रकाशित: Dec 19, 2022| 07:48 सोमबार, पुस ४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...