सत्ता गठबन्धनले शनिबार आयोजना गरेको अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षणलाई सम्बोधन गर्दै उनले संविधान नै खतरामा परेका बेला वर्तमान संविधानको रक्षाका लागि गठबन्धन बनेको बताए।
नेकपा एमालेले आगामी निर्वाचनमा जनता समाजवादी पार्टीसँग गरेको गठबन्धनप्रति असन्तुष्टि जनाउँदै नेकपा एमालेका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री बद्री प्रसाद न्यौपानेले पार्टी परित्याग गरेका छन्।
प्रमुख आयुक्त थपलियाले पोखरामा शनिबार आयोजित जिल्ला आचारसंहिता अनुगमन समितिको बैठकमा बोल्दै आचारसंहिताको उल्लंघन गरेको देखिएमा तत्काल आयोगमा लिखित वा मौखिक जानकारी दिन आग्रह गरे।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं सत्ता गठबन्धन तर्फबाट रसुवाका प्रतिनिधि सभा उम्मेदवार मोहन आचार्यले संविधानको रक्षा र देशको विकासका लागि गठबन्धनको विकल्प नभएको बताएका छन्।
निर्वाचन आयोगको सूचीअनुसार ४ मंसिरको चुनावमा प्रतिनिधिसभा र प्रदेशसभाका लागि करिब ६ हजारले उम्मेदवारी दिएका छन्। यीमध्ये लैगिंक तथा यौनिक अल्पसंख्यक समुदायबाट एक जना मात्र उम्मेदवार हुन्, राधा मौसी।
आगामी मंसिर ४ गते हुने आमनिर्वाचनमा चितवनको क्षेत्र नम्बर ३ बाट बागी उम्मेद्वारी दिएका दिनेश कोइरालाले आफ्नो ३० वर्षको राजनीतिक इतिहासमा कठोर निर्णय लिन आफू बाध्य भएको बताएका छन्।
कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले पदभार ग्रहण गरेका छन्। सञ्चार तथा सूचना प्रविधिमन्त्री कार्कीले कानुन मन्त्रालयको समेत जिम्मेवारी लिएपछि आज पदभार ग्रहण गरेका हुन् ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं उद्योगपति विनोद चौधरीले रोजगारका लागि विदेशिने युवाहरुको जमातलाई स्वदेशमै रोजगारी सिर्जना गर्न आफूले उम्मेदवारी दिएको बताएका छन्।
धनुषा-२ मा तालमेलका कुनै दृश्य देखिएका छैनन्। चारवटा पार्टीले आ-आफ्ना उम्मेदवार मैदानमा उतारेपछि कसले बाजी मार्ला भन्ने अड्कलबाजी सुरु भएको छ। उम्मेदवारहरुले आफूहरुबीच मित्रवत् प्रतिस्पर्धा हुने बताएका छन्।