काठमाडौं– कांग्रेस संसदीय दलको नेताका लागि बुधबार बिहान भएको चुनावमा पार्टी सभापति शेरबहादुर देउवा निकटका कम्तीमा १० जना सांसदले मतदान केन्द्रमा मतपत्रको फोटो खिचेका छन्।
निर्वाचनअघि गगन थापा पक्षले मतदान केन्द्रमा मोबाइल लग्न रोक्नुपर्ने माग गरेको थियो। तर देउवा पक्षले मोबाइल लैजान पाउनुपर्ने भन्दै बखेडा झिकेको थियो। गगनले रोक्न खोज्दाखोज्दै १०–१२ जनाले फोटो खिचेको भन्दै आपत्ति जनाएका छन्।
फोटो खिच्ने सबै देउवा पक्षका हुन्। केही सांसदले फोटो खिचेर आरजु राणालाई पठाएपछि सांसद किनबेचको आशंका गरिएको छ।