मंगलबार, साउन ६, २०८२

संस्थापन पक्षले प्रहरी निगरानी गराएको गगन समूहको आरोप

प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले आफूसँग संसदीय दलको नेताका लागि प्रतिस्पर्धामा उत्रिएका महामन्त्री गगनकुमार थापामाथि प्रहरी निगरानी गराइएको गगन समूहले आरोप लगाएको छ।
 |  बुधबार, पुस ६, २०७९
nespernesper

नेपाल समय

नेपाल समय

बुधबार, पुस ६, २०७९

vianetvianet

काठमाडौं– प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले आफूसँग संसदीय दलको नेताका लागि प्रतिस्पर्धामा उत्रिएका महामन्त्री गगनकुमार थापामाथि प्रहरी निगरानी गराइएको गगन समूहले आरोप लगाएको छ।

संस्थापन पक्षले संसदीय दलका उम्मेदवार थापाका गतिविधि नियाल्नका लागि सभापतिले प्रहरी लगाएर निगरानी गर्न लगाएको गगन समूहले आरोप लगाएको हो।

महामन्त्री थापाका सहयोगी सविनराज मुडभरीले आफ्नै पार्टीका महामन्त्रीसँग त्रसित भएर थापाका पछाडि प्रहरी परिचालन गरेको आरोप लगाएका छन्। उनले केही प्रहरीको जानकारीसमेत सामाजिक सञ्जालमा पोस्ट गर्दै महामन्त्रीमाथि सभापतिले षड्यन्त्र र अपराध गरेको बताएका छन्। 

दुई जना प्रहरीलाई नियन्त्रणमा लिएर सोधपुछपछि छाडेको उनले बताएका छन्। सोधपुछ गरिएका प्रहरीका तस्बीर र परिचयपत्रसमेत मुडभरीले सामाजिक सञ्जालमा पोस्ट गरेका छन्। 

प्रकाशित: Dec 21, 2022| 07:24 बुधबार, पुस ६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...