बुधबार, जेठ २७, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • शेखरको प्रस्तावमा गगन बने उम्मेदवार, धनराज र विश्वप्रकाशसहित प्रदीपको पनि समर्थन

शेखरको प्रस्तावमा गगन बने उम्मेदवार, धनराज र विश्वप्रकाशसहित प्रदीपको पनि समर्थन

नेपाली कांग्रेस संसदीय दलको नेताका लागि महामन्त्री गगनकुमार थापाले उम्मेदवारी दर्ता गराएका छन्।
 |  मंगलबार, पुस ५, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, पुस ५, २०७९

नेपाली कांग्रेस संसदीय दलको नेताका लागि महामन्त्री गगनकुमार थापाले उम्मेदवारी दर्ता गराएका छन्। भोलि बुधबार हुने निर्वाचनका लागि आज थापाले सिंहदरबारस्थित पार्टी संसदीय दलको कार्यालयमा पुगेर मनोनयन दर्ता गराएका हुन्।

National life

थापाको प्रस्तावकमा वरिष्ठ नेता डा. शेखर कोइराला छन् भने समर्थकमा उपसभापति धनराज गुरुङ र महामन्त्री विश्वप्रकाश शर्मा। 

कांग्रेसको चौधौं महाधिवेशनमा नेता कृष्ण सिटौला समूहबाट संस्थापनसँग मिलेर महामन्त्रीमा उठेका प्रदीप पौडेलले पनि थापालाई सघाउने भएका छन्। पौडेल पनि गगनको समर्थकमा बसेका छन्। 

दलको नेतामा थापालाई साथ दिँदै पौडेलले देउवा र सिटौलाको साथ छाडेका छन्। चौधौं महाधिवेशनअघि गगनले सिटौलाको साथ लिएपछि पौडेलले उक्त स्थान लिएका थिए। 

संस्थापनबाट भने प्रधानमन्त्रीसमेत रहेका पार्टी सभापति शेरबहादुर देउवाले उम्मेदवारी दर्ता गराएका छन्। देउवाको प्रस्तावकमा वरिष्ठ नेता रामचन्द्र पौडेल छन् भने समर्थकमा उपसभापति पूर्णबहादुर खड्का। प्रधानमन्त्रीमा दाबी गर्दै आएका पौडेल अन्तिम समयमा पछि हट्दै देउवालाई समर्थन गर्न पुगेका हुन्।

Shivam cement

८९ जना सांसद रहेको कांग्रेसमा संसदीय दलको नेता बन्न ४५ मत चाहिन्छ।


प्रकाशित: Dec 20, 2022| 14:49 मंगलबार, पुस ५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...