मंगलबार, साउन ६, २०८२

कांग्रेस संसदीय दलको निर्वाचन आज

नेपाली कांग्रेसको संसदीय दलको निर्वाचन आज हुँदै छ। बिहान ८ देखि १० बजेसम्म मतदान हुने निर्वाचन समितिले जनाएको छ।
 |  बुधबार, पुस ६, २०७९
nespernesper

नेपाल समय

नेपाल समय

बुधबार, पुस ६, २०७९

vianetvianet

काठमाडौं- नेपाली कांग्रेसको संसदीय दलको निर्वाचन आज हुँदै छ। बिहान ८ देखि १० बजेसम्म मतदान हुने निर्वाचन समितिले जनाएको छ। मतदान कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबार परिसरमा हुनेछ। 

नेपाली कांग्रेस संसदीय दलका नेतामा पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा र महामन्त्री गगनकुमार थापाले उम्मेदवारी दिएका छन्। 

देउवाका प्रस्तावक नेता रामचन्द्र पौडेल र थापाका प्रस्तावक अर्का नेता डा. शेखर कोइराला छन्। 

डा. कोइरालाले संस्थापन इतर पक्षबाट दलका नेतामा दाबी गरे पनि अन्तिममा थापालाई छाडेका हुन्। दलका नेता चुनिन ४५ मत ल्याउनुपर्ने हुन्छ। कांग्रेसका सांसद ८९ जना छन्। 

प्रकाशित: Dec 21, 2022| 06:49 बुधबार, पुस ६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...