काठमाडौं- प्रतिनिधि सभाका ज्येष्ठ सदस्य पशुपतिशमशेर जबराले बुधबार पद तथा गोपनीयताको शपथ लिँदैछन्।
अन्य सदस्यलाई शपथ गराउनु अघि जबराले आज राष्ट्रपति विद्यादेवी भण्डारीबाट शपथ लिन लागेका हुन्। उनलाई आज दिउँसो १:३० बजे शपथ गराउने कार्यक्रम तय भएको सङ्घीय संसद्का प्रवक्ता डा. रोजनाथ पाण्डेले जानकारी दिए।
राणाको जन्म विसं १९९८ मंसिर २४ मा रहेको छ। सभामुखको चयन हुनुभन्दा अघि प्रतिनिधिसभाको अध्यक्षता गर्ने ज्येष्ठ सदस्यले अरू सदस्यलाई शपथ खुवाउनुपर्छ। ४ मंसिरमा भएको निर्वाचनबाट २७५ सांसद निर्वाचित भएका छन्।