बुधबार, जेठ २७, २०८३

चुनावमा धाँधली गरेरै एमाले हराइयो : अध्यक्ष ओली

चुनावमा एमालेले अपेक्षाअनुसारको सिट नल्याए पनि खासै दुःख मनाउ गर्नुपर्ने अवस्था नरहेको अध्यक्ष ओलीको धारणा।
 |  मंगलबार, पुस ५, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, पुस ५, २०७९

काठमाडौं– नेकपा एमाले अध्यक्ष केपी ओलीले गत ४ मंसिरमा सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा राज्यशक्तिको चरम दुरुपयोग हुँदासमेत निर्वाचन आयोगले टुलुटुल हेरिबसेको गुनासो गरेका छन्। जनताको सार्वभौम अधिकार हनन गरेर एमालेको बहुमत आउने अभियान खोसिएको ओलीले आरोप लगाए।

National life

मंगलबार नवनिर्वाचित एमाले सांसदलाई बधाई तथा शुभकामना दिन काठमाडांैको कमलादीमा आयोजित कार्यक्रममा अध्यक्ष ओलीले यस्तो बताएका हुन्। 

स्वार्थ र लेनदेनका आधारमा पार्टी र सरकार चल्न थालेको संकेत देखिएकाले देशलाई अस्थिरतातर्फ लैजाने कोसिस भइरहेको उनले दाबी गरे। ओलीले भने, ‘चुनावमा थुप्रै ठाउँमा धाँधली भए। चुनाव गराउने निकायको भूमिका पनि निष्पक्ष देखिएन। चुनावमा हाम्रो विजय खोसिएको छ। राज्यसत्ता र शक्तिको चरम दुरुपयोग भयो । जनताको सार्वभौम अधिकार हनन गरियो। यो जनताको सार्वभौमसत्तामाथिको प्रहार हो। लोकतन्त्र र संविधानमाथिको प्रहार हो।’

धेरै ठाउँमा धाँधली भएको सप्रमाण दिँदासमेत आयोगले पुन मतदान नगराएको आरोप उनले लगाए। ‘बुथ क्याप्चर भएका प्रमाण छन् तर पुनः निर्वाचन गरिएन। ९९ प्रतिशत भोट खस्नु, मरेका मान्छेले भोट हाल्नु, विदेश भएकाले भोट हाल्नुजस्ता कुरा भए तर देख्नुपर्ने ठाउँबाट  देखिएन,’ ओलीले भने ।

चुनावमा एमालेले अपेक्षाअनुसारको सिट नल्याए पनि खासै दुःख मनाउ गर्नुपर्ने अवस्था नरहेको अध्यक्ष ओलीको धारणा छ। उनले भने, ‘हामी उल्लासमय वातावरणमा छौं। चुनावअघि हामीलाई धुलो चटाउने, दिउँसै टर्च बालेर खोज्नुपर्ने कुरा भएका थिए। अब  एमालेलाई खोज्न टर्च बाल्नुपर्दैन । एमालेको आवाज र गतिविधि विश्वभरिबाटै सुन्न सकिन्छ।’

Shivam cement

उनले सरकार गठन, मन्त्री नियुक्तिमा फेरि पनि लेनदेन र सेटिङको आशंका उब्जिएको बताए। उनले भने, ‘हिजो ४ वटा रहेकामा अहिले ७ वटा राष्ट्रिय पार्टी भएका छन्। कस्तो सरकार र कसको नेतृत्वमा बन्छ भन्ने अन्योल छ।’

प्रकाशित: Dec 20, 2022| 14:53 मंगलबार, पुस ५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...