गत स्थानीय तह निर्वाचनमा दमक नगरपालिकाको मेयर गठबन्धनको भागमा परे पनि राप्रपाका राम थापालाई विजयी गराएकाले यस पटकको निर्वाचनमा आफूलाई सहयोग हुनेमा अधिकारी आशावादी छन्।
निर्वाचन आयोगले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको आचारसंहिता विपरीत खाद्यान्न वितरण गरेको भन्ने विषयमा शहरी विकासमन्त्री मेटमणि चौधरीलाई २४ घन्टे स्पष्टीकरण सोधेको छ।
प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धनमा रहेका दललाई मिलेर चुनाव लडेर लोकतन्त्रलाई स्थायित्व प्रदान गर्दै गरिबी हटाउने ठूलो अवसर र चुनौती रहेको बताएका छन्।
निर्वाचन आयोगले स्थानीय तह निर्वाचन, २०७९ मा उम्मेदवार भई निर्वाचन खर्चको विवरण तोकिएको समयावधिभित्र नबुझाउने उम्मेदवारहरूलाई कात्तिक ५ गतेभित्र जरिवाना बुझाउन सकिने गरी निर्णय गरेको छ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सत्ता गठबन्धनबाट काठमाडौं–२ की साझा उम्मेदवार पूर्वसभामुख ओनसरी घर्तीलाई जिताएर पठाउन मतदातालाई आग्रह गर्दै चुनावपछि उनलाई विकासे मन्त्रालयको मन्त्री बनाइदिने आश्वासन दिएका छन्।
डडेल्धुरामा नेकपा एकीकृत समाजवादी र नेपाली कांग्रेस (वीपी) बीच चुनावी तालमेल भएको छ। आसन्न प्रतिनिधि र प्रदेशसभाको निर्वाचनमा एकीकृत समाजवादी डडेल्धुरा र नेपाली कांग्रेस (वीपी) बीच तालमेल गर्ने सहमति भएको...
आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ समावेशी समूहमा खस आर्य समूहका उम्मेदवारको बाहुल्य देखिएको छ।
झापाको भद्रपुरमा शनिबार आयोजित एक कार्यक्रममा नेता सिटौलाले निर्वाचन जनताको अधिकार र असल जनसेवक छनोटका लागि आएको बताए। निर्वाचन जनतालाई अझ शक्तिशाली बनाउने अवसर भएको उनको भनाइ छ ।
काठमाडौं ५ मा स्वतन्त्र उम्मेदवारी दिएकी रञ्जु दर्शनाले आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गरेकी छन्। विवेकशील साझा पार्टीको राजनीतिबाट समेत अलग भएकी रञ्जुले शनिबार आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गरेकी हुन्।