बुधबार, जेठ २७, २०८३

कांग्रेस बागमती प्रदेश संसदीय दलको नेता चयनका लागि समिति गठन

नेपाली कांग्रेस बागमती प्रदेश सभाको संसदीय दलको नेता चयन गर्न निर्वाचन समिति गठन गरेको छ।
 |  बिहीबार, पुस ७, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, पुस ७, २०७९

हेटौँडा- नेपाली कांग्रेस बागमती प्रदेश सभाको संसदीय दलको नेता चयन गर्न निर्वाचन समिति गठन गरेको छ।

National life

कांग्रेस बागमती प्रदेश समितिको मंगलबार बसेको कार्यसम्पादन समितिको बैठकले प्रदेश सभाको संसदीय दलको नेता चयन गर्न निर्वाचन समिति गठन गर्ने निर्णय गरेको हो।

कांग्रेस बागमतीका प्रवक्ता तिलक रुवालीले बागमती प्रदेश सभा संसदीय दलको नेता चयन गर्ने सम्बन्धमा छलफल गर्न बसेको बैठकले प्रदेश उपसभापति चन्द्र महर्जनको संयोजकत्वमा निर्वाचन समिति गठन गरेको जानकारी दिए। पाँच सदस्यीय समितिको सदस्यमा प्रदेश महामन्त्री राजु श्रेष्ठ, सहमहामन्त्री ऋषिराम घिमिरे, कार्यसमिति सदस्य गङ्गा दाहाल र सानु श्रेष्ठ रहेका छन्। 

कांग्रेस बागमती प्रदेश सभा संसदीय दलको नेतामा हाल कांग्रेस केन्द्रीय सदस्य बहादुरसिंह लामा (तामाङ) र कांग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँको दाबी रहेको छ। 

बागमती प्रदेश सभामा प्रतिनिधित्व गर्ने सात दलमध्ये सबैभन्दा ठूलो दल कांग्रेसको प्रत्यक्ष प्रणाली र समानुपातिक प्रणालीबाट गरी ३७ जना प्रदेश सभा सदस्य रहेका छन्।

Shivam cement

प्रकाशित: Dec 22, 2022| 07:57 बिहीबार, पुस ७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...