बुधबार, जेठ २७, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • कांग्रेस महामन्त्रीद्वय थापा र शर्माको घोषणा– अबको सरकारमा मन्त्री हुँदैनौं

कांग्रेस महामन्त्रीद्वय थापा र शर्माको घोषणा– अबको सरकारमा मन्त्री हुँदैनौं

बुधबार भएको कांग्रेस संसदीय दलको निर्वाचनमा पार्टी सभापति शेरबहादुर देउवाका प्रतिस्पर्धी रहेका थापालाई शर्माले समर्थन दिएका थिए।
 |  बुधबार, पुस ६, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, पुस ६, २०७९
National life
Shivam cement

काठमाडौं– कांग्रेस महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले नयाँ सरकारमा मन्त्री नबन्ने र पार्टी संगठनलाई मात्र ध्यान दिइने बताएका छन्।बुधबार भएको कांग्रेस संसदीय दलको निर्वाचनमा पार्टी सभापति शेरबहादुर देउवाका प्रतिस्पर्धी रहेका थापालाई शर्माले समर्थन दिएका थिए। तर थापा देउवासँग ठूलो मतान्तरले पराजित भए।

महामन्त्री शर्माले भने, ‘अब हामी पार्टी कार्यालयमा बसेर काम गर्छौं। पार्टीलाई सुसंगठित गर्ने धेरै काम हामी दुवै जनाको जिम्मामा छ। अब मन्त्रीका लागि पहल हुँदैन।’ सरकारमा जाने नेतालाई घोषणापत्रमा उल्लेख गरिएका प्रतिबद्धताअनुसार काम गर्न दबाब दिइने उनले बताए। 

संसदीय दलको नेतामा सभापति देउवासँग पराजित महामन्त्री थापाले पनि अब सरकारमा मन्त्री हुने चाहनो नरहेको बरु संसदीय दलको नेताका लागि निरन्तर प्रयास गरिरहने बताए।

प्रकाशित: Dec 21, 2022| 16:07 बुधबार, पुस ६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...