बुधबार, जेठ २७, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • देउवालाई बधाइ दिन बालुवाटार पुगे वरिष्ठ नेता पौडेल र माओवादी नेता शर्मा

देउवालाई बधाइ दिन बालुवाटार पुगे वरिष्ठ नेता पौडेल र माओवादी नेता शर्मा

विगतमा कांग्रेसभित्र देउवाका प्रतिस्पर्धी मानिने पौडेल १४औं महाधिवेशनयता उतै ढल्किएका छन्।
 |  बुधबार, पुस ६, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, पुस ६, २०७९

काठमाडौं– कांग्रेस संसदीय दलको नेता चुनिएपछि पार्टी सभापति शेरबहादुर देउवालाई  वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री निवासै पुगेर बधाइ दिएका छन्। बुधबार मात्रै देउवा संसदीय दलको नेता चुनिएका हुन्। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेर पौडेलले देउवालाई बधाइ दिएका हुन् । 

National life

संसदीय दलको नेतामा देउवाको प्रस्तावक बसेको पौडेलले सामाजिक सन्जालमार्फत बधाइ दिएको तस्बिर सार्वजनिक गरेका छन्। विगतमा कांग्रेसभित्र देउवाका प्रतिस्पर्धी मानिने पौडेल १४औं महाधिवेशनयता उतै ढल्किएका छन्।

२०६४ मा देउवालाई संसदीय दलमा पराजित गरेर पौडेल दलको नेता बनेका थिए भने २०७२ मा देउवासँग पराजित भएका थिए। १३औं महाधिवेशनमा देउवासँग पराजित पौडेल १४औं महाधिवेशनमा उम्मेदवार नै भएनन्। 

पछिल्लो समय पौडेलले देउवालाई साथ दिइरहेका छन्। संसदीय दलको निर्वाचनमा देउवाले ६४ भोट ल्याउँदा महामन्त्री गगन थापाले २५ मत मात्रै पाए।

माओवादीले पठायो प्रतिनिधि

Shivam cement

अर्थमन्त्री एवं माओवादी नेता जनार्दन शर्माले कांग्रेस संसदीय दलको नेतामा निर्वाचित शेरबहादुर देउवालाई बधाइ तथा शुभकामना दिएका छन्। बुधबार प्रधानमन्त्रीसमेत रहेका देउवालाई बधाइ दिन शर्मा बालुवाटारस्थित प्रधानमन्त्री निवास पुगेका हुन्।

प्रकाशित: Dec 21, 2022| 16:42 बुधबार, पुस ६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...