काठमाडौं– चार मंसिरमा सम्पन्न निर्वाचनबाट निर्वाचित संघीय संसद् प्रतिनिधिसभाका सदस्यहरुले पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन्। संसद्का ज्येष्ठ सदस्य पशुपतिशमशेर राणाले सांसदहरुलाई शपथ गराएका हुन्।
त्यसअघि सांसदहरुलाई संसद् सचिवालयका महासचिव डा. भरतराज गौतमले स्वागत गरेका थिए।
शपथपछि सांसदहरुले संसद्को लोगो लगाएका छन्। नवनिर्वाचित सांसदहरुका लागि ज्येष्ठ सदस्य राणाले संसद् भवन परिसरमै जलपान कार्यक्रम आयोजना गरेका छन्।