बुधबार, जेठ २७, २०८३

प्रतिनिधिसभाका नवनिर्वाचित सांसदको शपथ आज

प्रतिनिधिसभाका नवनिर्वाचित सांसदले आज पद तथा गोपनीयताको शपथ खाँदैछन्।
 |  बिहीबार, पुस ७, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, पुस ७, २०७९

काठमाडौं- प्रतिनिधिसभाका नवनिर्वाचित सांसदले आज पद तथा गोपनीयताको शपथ खाँदैछन्। नयाँबानेश्वरस्थित संसद् भवनमा बिहीबार दिउँसो १ बजे नवनिर्वाचित सांसदलाई शपथ ग्रहण गराउने कार्यक्रम छ।

National life

शपथ समारोहमा जेष्ठ सदस्य पशुपति शमशेर राणाले अन्य सांसदहरूलाई सपथ खुवाउने कार्यक्रम छ। शपथ ग्रहण कार्यक्रममा सहभागी हुन सांसद निर्वाचित भएको प्रमाणपत्र लिएर आउन संघीय संसद् सचिवालयले अनुरोध गरेको छ।

संसद् सचिवालयका प्रवक्ता डा रोजनाथ पाण्डेका अनुसार शपथ गराएलगत्तै सांसदलाई संसद्को लोगोसमेत प्रदान गरिने कार्यक्रम रहेको छ।

शपथका लागि सचिवालयले नेपाली भाषामा शपथ वक्तव्य तयार पारिसकेको छ। मातृभाषामा शपथ लिन चाहने सांसदलाई आज बिहान ११ बजेसम्मको समय दिइएको छ। 

शपथ ग्रहण र लोगो प्रदान गर्ने कार्यक्रम सकिएलगत्तै नवनिर्वाचित सांसदको सम्मानमा चियापान कार्यक्रम आयोजना गरिएको छ। 

Shivam cement

चियापान कार्यक्रममा राष्ट्रियसभाका सांसदलगायत अतिथिलाई बोलाइएको संसद् सचिवालयले जनाएको छ। 

शपथ ग्रहण कार्यक्रम अगाडि जेष्ठ सदस्य पशुपति शमशेर राणाले सर्वदलीय बैठकको आव्हान गरेका छन्।

प्रकाशित: Dec 22, 2022| 07:01 बिहीबार, पुस ७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...