बुधबार, साउन ७, २०८२
  • गृहपृष्ठ
  • राजनीति
  • सभापति देउवाले भने– सत्ता गठबन्धनभित्रका सबै दलको चित्त बुझ्ने गरी ‘पावर सेयरिङ’

सभापति देउवाले भने– सत्ता गठबन्धनभित्रका सबै दलको चित्त बुझ्ने गरी ‘पावर सेयरिङ’

केही दिनअघि बालुवाटारमा बसेको सत्ता गठबन्धन बैठकले सांसदको सपथपछि शक्ति बाँडफाँटमा छलफल गर्ने सहमति जुटाएको थियो।
 |  बिहीबार, पुस ७, २०७९
nespernesper

नेपाल समय

नेपाल समय

बिहीबार, पुस ७, २०७९

vianetvianet

काठमाडौं– प्रधानमन्त्री शेरबहादुर देउवाले पाँच दलीय गठबन्धनभित्रका दल सन्तुष्ट हुने गरी पद बाँडफाँट गरिने प्रतिबद्धता जनाएका छन्। बिहीबार प्रधानमन्त्री देउवा भेट्न बालुवाटार पुगेका नेपाल समाजवादी पार्टी अध्यक्षद्वय बाबुराम भट्टराई र महेन्द्रराय यादवसँग छलफलमा देउवाले यस्तो बताएका हुन्।

देउवाले भने, ‘पाँच दलीय गठबन्धनमा रहेका सबै दलको सम्मान हुने गरी नयाँ सरकार निर्माण हुन्छ। सबैलाई चित्त बुझ्ने गरी शक्ति बाँडफाँट गर्छौं। नयाँ सरकार गठनमा अब ढिलाइ हुँदैन। प्रधानमन्त्री देउवाले शक्ति बाँडफाँटका विषयमा शुक्रबारदेखि गठबन्धनमा छलफल हुने जानकारी भट्टराई र यादवलाई गराएका थिए।

केही दिनअघि बालुवाटारमा बसेको सत्ता गठबन्धन बैठकले सांसदको सपथपछि शक्ति बाँडफाँटमा छलफल गर्ने सहमति जुटाएको थियो। देउवासँगको भेटमा भट्टराई र यादवले आफूहरुलाई गठबन्धनमा सामेल गराउन र अब भन्ने सरकारले नागरिकताको विषय टुंग्याउनुपर्ने धारणा राखेका थिए। अध्यक्षद्वयले कांग्रेसको संसदीय दलको नेता चयन भएकामा देउवालाई बधाइ दिए।

प्रकाशित: Dec 22, 2022| 13:29 बिहीबार, पुस ७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...