बुधबार, जेठ २७, २०८३

समावेशी संसद् ! शपथको भाषा संस्कृतदेखि हिन्दीसम्म

२७५ सदस्यीय प्रतिनिधिसभामा १७५ जना प्रत्यक्ष चुनिएका र ११० जना समानुपातिक सांसद छन्।
 |  बुधबार, पुस ६, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, पुस ६, २०७९

काठमाडौं- चार मंसिरमा सम्पन्न निर्वाचनबाट निर्वाचित प्रतिनिधिसभाका सांसदहरुले बिहीबार पद तथा गोपनियताको शपथ लिँदैछन्। २७५ सदस्यीय प्रतिनिधिसभामा १७५ जना प्रत्यक्ष चुनिएका र ११० जना समानुपातिक सांसद छन्। 

National life

यसैबीच २६ जना नवनिर्वाचित सांसदले मातृभाषामा शपथग्रहण गर्ने भएका छन्। बिहीबार हुने शपथग्रहण समारोहका लागि उनीहरूले यसअघि नै आफूले शपथ ग्रहण गर्न चाहेको मातृभाषा उल्लेख गराएका थिए।

उर्दु, तामाङ, भोजपुरी, अवधि, थारु, मैथली लगायत मातृभाषामा उनीहरूले शपथ ग्रहण गर्ने भएका हुन्। जसअनुसार भोजपुरीमा तीन जना सांसदले शपथ लिने भएका छन् । यस्तै, तीन जनाले तामाङ भाषामा शपथ लिनेछन्।

मैथली भाषामा तीन जनाले शपथ लिने छन्। यस्तै सन्याली, नेपाल भाषा, कोयू भाषा लगायत अल्पसंख्यक समुदायले बोल्ने भाषामा पनि एक/एक जना सांसदले शपथ लिने भएका छन्। साथै, एक/एक जना सांसदले हिन्दी र संस्कृत भाषामा पनि शपथ लिने भएका छन्।

बिहीबार ज्येष्ठ सदस्यको रुपमा राप्रपाका सांसद पशुपति शमशेर जबराले संघीय संसद्‍का नवनिर्वाचित सांसदहरूलाई शपथ ग्रहण गराउने छन्। ज्येष्ठ सदस्य जबराले भने बुधबार नै राष्ट्रपतिबाट शपथग्रहण गरिसकेका छन्।

Shivam cement

कसले कुन भाषामा लिँदैछन् शपथ?
सराज अहमद फारुकी: उर्दु  

हितबहादुर तामाङ: तामाङ  

प्रदीप यादव: भोजपुरी  

रुपा सोसी चौधरी: थारु  

दुर्गा राई: कोइ/कोयू  

रामसहाय प्रसाद यादव: भोजपुरी  

रन्जु कुमारी झा: मैथली  

कान्तिका सेजुवाल: नेपाली खस  

अरुण कुमार चौधरी: थारु  

गंगाराम चौधरी डगौरा: थारु  

लालवीर चौधरी: थारु  

विनिता कुमारी सिंह: मधेसी  

चन्द्रकान्त राउत: मधेसी  

अनिता देवी: मधेसी  

सोनु मुर्मु: सन्याली  

सुमना श्रेष्ठ: नेपाल  

मनिष झा: मैथली  

लक्ष्मी तिवारी: अवधि  

अशोक कुमार चौधरी: थारु  

मिना तामाङ: तामाङ  

असिम साह: नेपाली/मुस्लिम  

सूर्यमान तामाङ दोङ: तामाङ  

महिन्द्रराय यादव: हिन्दी  

उमरादेवी यादव: भोजपुरी  

किरण कुमार साह: संस्कृत  

प्रकाशित: Dec 21, 2022| 21:19 बुधबार, पुस ६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...