सोमबार, पुस १४, २०८२

कर्णालीमा ५० ठाउँमा तुइन रहेको प्रारम्भिक रिर्पोट

 |  सोमबार, साउन ५, २०८२

नेपाल समय

नेपाल समय

सोमबार, साउन ५, २०८२

सुर्खेत- तुइन हटाउने नीति लिएको कर्णाली प्रदेशले तथ्यांक संकलन गरेको छ। तथ्यांकानुसार १० जिल्लामा संकलित तथ्यांकानुसार ५० वटा तुइन रहेको प्रदेशको भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयका सिनियर डिभिजनल इन्जिनियर रमेश सुवेदीले जानकारी दिए। 

National life

तुइन विस्थापित गर्दै झोलुङ्गे पुल निर्माण गर्ने योजना अनुरूप विवरण माग गरिएको थियो। प्रदेशका १० मध्ये सात वटा जिल्लामा रहेका तुइनको विवरण मन्त्रालयलाई प्राप्त भएको हो । पूर्वाधार विकास कार्यालयबाट माग गरिएको विवरण अनुसार ५० वटा तुइन भएको विवरण प्राप्त भएको मन्त्रालयका प्रवक्ता सुवेदीले जानकारी दिए। 

संकलन गरिएको विवरणअनुसार सबैभन्दा धेरै तुइन हुम्लामा रहेको छ। हुम्लामा १५ वटा तुइन रहेको विवरणमा उल्लेख छ। हुम्लामा कर्णाली नदीमाथि छ वटा तुइन रहेको जनाइएको छ ।

यसैगरी कालीकोटमा १२, जाजरकोटमा १२, दैलेखमा दुई, मुगुमा दुई, डोल्पामा तीन र सुर्खेतमा आठ वटा तुइन रहेको विवरण प्राप्त भएको छ। दैलेख, जुम्ला र रुकुम पश्चिमबाट विवरण प्राप्त भएको नभएको जनाइएको छ। 

प्रदेश सरकारले चालु आर्थिक वर्षमा कर्णालीलाई तुइनमुक्त बनाउने नीति लिएको छ। नीति तथा कार्यक्रममा यो योजना समेटेर बजेटसमेत विनियोजन गरिएको छ। तुइन विस्थापित गरेर झोलुंगे पुल निर्माण गर्न लागिएको हो। चालु आर्थिक वर्ष २०८२/०८३ मा उक्त शीर्षकमा एक करोड ५० लाख बजेट विनियोजन गरिएको मन्त्रालयका प्रवक्ता सुवेदीले बताए।

Laxmi sunrise bank
kumari

प्रकाशित: Jul 21, 2025| 08:01 सोमबार, साउन ५, २०८२
प्रतिक्रिया दिनुहोस्