बुधबार, साउन ७, २०८२

दलको नेता चयन गर्न माओवादीले बोलायो संसदीय दलको बैठक

नेकपा माओवादी केन्द्रले बिहीबार संसदीय दलको बैठक बोलाएको छ। संसदीय दलको नेता चयनका लागि बैठक बोलाइएको बताइएको छ।
 |  बिहीबार, पुस ७, २०७९
nespernesper

नेपाल समय

नेपाल समय

बिहीबार, पुस ७, २०७९

vianetvianet

काठमाडौं- नेकपा माओवादी केन्द्रले बिहीबार संसदीय दलको बैठक बोलाएको छ। संसदीय दलको नेता चयनका लागि बैठक बोलाइएको बताइएको छ। 

संघीय संसद् भवनमा बिहीबार दिउँसो नवनिर्वाचित सांसदले शपथ लिइसकेपछि मात्र माओवादीले संसदीय दलको नेता चयन गर्ने भएको छ। शपथग्रहण लगत्तै माओवादीले दलको नेता चयनका लागि बैठक बोलाएको छ। 

बैठक ४ बजेदेखि सुरु हुने छ। नेता चयनका लागि बैठक भनिए पनि पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नै दलको नेता चयन हुने निश्चित छ। प्रतिनिधि सभामा प्रत्यक्ष र समानुपातिक गरी माओवादी केन्द्रका ३२ सांसद छन्। 

यसअघि बुधबार निर्वाचन प्रक्रियाबाट कांग्रेसले दलको नेता चयन गरेको छ। जसमा ६४ मत ल्याउँदै पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा संसदीय दलको नेता चयन भएका छन्।

प्रकाशित: Dec 22, 2022| 08:26 बिहीबार, पुस ७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...