मंगलबार, साउन ६, २०८२

कांग्रेस संसदीय दलको निर्वाचन सुरु

बिहान ८ बजेदेखि १० बजेसम्म मतदान हुने निर्वाचन समितिले जारी गरेको कार्यतालिकामा उल्लेख छ। यद्यपि, ८ बजे नै सुरु हुन नसके पनि केही ढिलागरि मतदान सुरु भएको हो।
 |  बुधबार, पुस ६, २०७९
nespernesper

नेपाल समय

नेपाल समय

बुधबार, पुस ६, २०७९

vianetvianet

काठमाडौं- नेपाली कांग्रेस संसदीय दलको निर्वाचन सुरु भएको छ। बिहान ८ बजेदेखि १० बजेसम्म मतदान हुने निर्वाचन समितिले जारी गरेको कार्यतालिकामा उल्लेख छ। यद्यपि, ८ बजे नै सुरु हुन नसके पनि केही ढिलागरि मतदान सुरु भएको हो।

बुथमा मोबाइल लैजान दिने/नदिने भन्ने विषयमा विवाद हुँदा मतदान केही समय ढिलो सुरु भएको हो। मोबाइल लैजान नदिने सहमति भएसँगै मतदान सुरु भएको छ।

मतदान कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबार परिसरमा भइरहेको छ। मतदान प्रक्रियाका लागि संसदीय दलको कार्यालय परिसरको सुरक्षा व्यवस्था कडा पारिएको छ। लिस्टमा नाम हेरेरमात्र मतदातालाई कार्यालयभित्र छिराइएको छ भने पत्रकारलाई भित्र जान निषेध गरिएको छ।

कांग्रेस संसदीय दलको नेताका लागि सभापति शेरबहादुर देउवा र महामन्त्री गगन थापाको उमदवारी परेको छ। 

कांग्रेस संसदीय दलमा ८९ सांसदले निर्वाचन प्रकृयामा भाग लिनेछन्। मतगणना र परिणाम सार्वजनिक आजै हुनेछ।  

प्रकाशित: Dec 21, 2022| 08:51 बुधबार, पुस ६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...