काठमाडौं– नेपाली कांग्रेसको बुधबार बिहान सम्पन्न संसदीय दलको निर्वाचनमा पार्टी सभापति शेरबहादुर देउवा निर्वाचित भएका छन्। देउवा प्रतिस्पर्धी महामन्त्री गगनकुमार थापालाई ३९ मतान्तरले पराजित गर्दै दलको नेतामा निर्वाचित भएका हुन्।
देउवाले ६४ मत ल्याए भने गगनले २५ मत पाए। निर्वाचनमा सबै ८९ सांसदले मतदान गरेका थिए। सुत्केरी भएर ओम अस्पतालमा भर्ना भएकी सांसद माया राईले अस्पतालबाटै भोट हालेकी थिइन्।