सोमबार, साउन ५, २०८२

नवनिर्वाचित सांसदलाई मातृभाषामा शपथ लिन मञ्जुरी

संसद् सचिवालयले शपथ कार्यक्रम आगामी बिहीबार दिउँसो १ बजेदेखि सुरु हुने भए पनि नवनिर्वाचित सांसदलाई ११ बजे अगाडि नै प्रतिनिधिसभा बैठक कक्षमा पुग्न सूचित गरेको छ।
 |  मंगलबार, पुस ५, २०७९
nespernesper

नेपाल समय

नेपाल समय

मंगलबार, पुस ५, २०७९

vianetvianet

काठमाडौं– संघीय संसद् सचिवालयले प्रतिनिधिसभामा नवनिर्वाचित सांसदले मातृभाषामा शपथ लिन सक्ने जनाएको छ।  शपथको बेहोरा आफ्नो मातृभाषामा अनुवाद गरी त्यसको प्रतिसहित प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७५ को उपदफा (२) बमोजिम संघीय संसद सचिवालयमा उपलब्ध गराउनुपर्नेछ।

मंगलबार संघीय संसद् सचिवालयले जारी गरेको सूचनामा नवनिर्वाचित सांसदलाई दुई घन्टाअगावै राष्ट्रिय पोसाक वा आ–आफ्नो साँस्कृतिक पहिचान झल्कने पोसाकमा उपस्थितिका लागि अनुरोध गरेको छ। 

सुरुमा नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा ज्येष्ठ सदस्यले सांसदलाई सपथ गराउनेछन्। संविधानको धारा ८८ बमोजिम संघीय संसद्को प्रत्येक सदनका सदस्यले बैठकमा पहिलो पटक भाग लिनुअघि संघीय कानुनबमोजिम सपथ लिनुपर्ने भन्ने व्यवस्था छ। 

संसद् सचिवालयले शपथ कार्यक्रम आगामी बिहीबार दिउँसो १ बजेदेखि सुरु हुने भए पनि नवनिर्वाचित सांसदलाई ११ बजे अगाडि नै  प्रतिनिधिसभा बैठक कक्षमा पुग्न सूचित गरेको छ।

प्रकाशित: Dec 20, 2022| 16:27 मंगलबार, पुस ५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...