बुधबार, साउन ७, २०८२
  • गृहपृष्ठ
  • राजनीति
  • गठबन्धन बचाएर मुलुकको रक्षाका लागि देउवालाई समर्थन गरेँ : रामचन्द्र पौडेल

गठबन्धन बचाएर मुलुकको रक्षाका लागि देउवालाई समर्थन गरेँ : रामचन्द्र पौडेल

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले गठबन्धन बचाएर मुलुकको रक्षा गर्नका लागि आफूले संसदीय दलको निर्वाचनमा सभापति शेरबहादुर देउवालाई समर्थन गरेको बताएका छन्।
 |  बुधबार, पुस ६, २०७९
nespernesper

नेपाल समय

नेपाल समय

बुधबार, पुस ६, २०७९

vianetvianet

काठमाडौं- नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले गठबन्धन बचाएर मुलुकको रक्षा गर्नका लागि आफूले संसदीय दलको निर्वाचनमा सभापति शेरबहादुर देउवालाई समर्थन गरेको बताएका छन्। सिंहदरबारस्थित पार्टी संसदीय दलको कार्यालयमा भएको निर्वाचनमा मतदानपछि संचारकर्मीसँग कुराकानी गर्दै नेता पौडेलले आफूले गठबन्धन बचाएर मुलुक बचाउन चाहेको बताए।

'गठबन्धन बचाएर मुलुकको रक्षा गर्नका लागि मैले शेरबहादुर देउवालाई समर्थन गरेको छु,’ पौडेलले भने। राष्ट्रपति बन्नलाई देउवालाई सहयोग गरेको भन्ने पनि छ नि? पौडेललाई भन्ने संचारकर्मीको प्रश्न थियो। तर, उनले देउवालाई आफूले राष्ट्रपति बन्न समर्थन नगरेको बताए। 

‘अहिले गठबन्धन बचाएर परिवर्तन बचाउने हो। यो संविधान बच्यो भने यो देश बच्छ। यो संविधान भन्दा ठूलो परिवर्तन अरु केही हुँदैन,’ उनले भने, ‘यो बचाउनका लागि गठबन्धन बचाउन पर्छ। गठबन्धन बचाएर मात्र संविधान बच्छ।’

सभापति शेरबहादुर देउवा र महामन्त्री गगन थापाबीच संसदीय दलको नेता बन्नका लागि प्रतिस्पर्धा भइरहेको छ।

प्रकाशित: Dec 21, 2022| 10:07 बुधबार, पुस ६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...