बुधबार, जेठ २७, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • उम्मेदवारी मनोनयनपछि गगनले भने– सभापतिले उम्मेदवारी फिर्ता लिइदिनुस्

उम्मेदवारी मनोनयनपछि गगनले भने– सभापतिले उम्मेदवारी फिर्ता लिइदिनुस्

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले उम्मदेवारी फिर्ता लिन सभापति शेरबहादुर देउवालाई आग्रह गरेका छन्।
 |  मंगलबार, पुस ५, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, पुस ५, २०७९

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले उम्मदेवारी फिर्ता लिन सभापति शेरबहादुर देउवालाई आग्रह गरेका छन्। 

National life

महामन्त्री थापाले शान्त मनले सोच्न र आफ्नो उम्मेदवारी फिर्ता लिने ऐतिहासिक निर्णय लिन सभापति देउवालाई आग्रह गरेका हुन्। उनले अगाडि भने, ‘वरिष्ठ नेता रामचन्द्र पौडेललाई पनि कांग्रेसको भविष्यप्रति चिन्ता गरेर परिवर्तनको सन्देश मनन गर्न आग्रह गर्दछु।’ उनले कांग्रेसका सांसदहरुलाई जनमतको सम्मान गर्न र परिर्वतनको पक्षमा उभिन आग्रह गरेका छन्।

उनीभन्दा अगाडि सभापति देउवाले आफ्नो उम्मेदवारी दर्ता गरेका थिए। 

थापाले सिंहदरबारस्थित पार्टी संसदीय दलको कार्यालयमा पुगेर मनोनयन दर्ता गराएका हुन्। थापाको प्रस्तावकमा वरिष्ठ नेता डा। शेखर कोइराला छन् भने समर्थकमा उपसभापति धनराज गुरुङ र महामन्त्री विश्वप्रकाश शर्मा। 

कांग्रेसको चौधौं महाधिवेशनमा नेता कृष्ण सिटौला समूहबाट संस्थापनसँग मिलेर महामन्त्रीमा उठेका प्रदीप पौडेलले पनि थापालाई सघाउने भएका छन्। पौडेल पनि गगनको समर्थकमा बसेका छन्। 

Shivam cement

दलको नेतामा थापालाई साथ दिँदै पौडेलले देउवा र सिटौलाको साथ छाडेका छन्। चौधौं महाधिवेशनअघि गगनले सिटौलाको साथ लिएपछि पौडेलले उक्त स्थान लिएका थिए। 

संस्थापनबाट भने प्रधानमन्त्रीसमेत रहेका पार्टी सभापति शेरबहादुर देउवाले उम्मेदवारी दर्ता गराएका छन्। देउवाको प्रस्तावकमा वरिष्ठ नेता रामचन्द्र पौडेल छन् भने समर्थकमा उपसभापति पूर्णबहादुर खड्का। प्रधानमन्त्रीमा दाबी गर्दै आएका पौडेल अन्तिम समयमा पछि हट्दै देउवालाई समर्थन गर्न पुगेका हुन्।

८९ जना सांसद रहेको कांग्रेसमा संसदीय दलको नेता बन्न ४५ मत चाहिन्छ।

प्रकाशित: Dec 20, 2022| 15:10 मंगलबार, पुस ५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...