आइतबार, साउन ४, २०८२
  • गृहपृष्ठ
  • राजनीति
  • नयाँ सरकार गठनका लागि बाटो खुलिसक्यो: प्रमुख निर्वाचन आयुक्त थपलिया

नयाँ सरकार गठनका लागि बाटो खुलिसक्यो: प्रमुख निर्वाचन आयुक्त थपलिया

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले नयाँ सरकार गठनको प्रक्रिया सुरु गर्न मार्गप्रशस्त भइसकेको बताएका छन्।
 |  आइतबार, पुस ३, २०७९
nespernesper

नेपाल समय

नेपाल समय

आइतबार, पुस ३, २०७९

vianetvianet

काठमाडौं– प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले नयाँ सरकार गठनको प्रक्रिया सुरु गर्न मार्गप्रशस्त भइसकेको बताएका छन्। 

आइतबार प्रतिनिधिसभा र प्रदेशसभामा समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित सांसदहरूलाई प्रमाणपत्र दिने कार्यक्रमपछि सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै प्रमुख आयुक्त थपलियाले नयाँ सरकार गठनको प्रक्रिया सुरु गर्ने बाटो खुलेको बताएका हुन्। 

आयोगले निर्वाचनको सम्पूर्ण मतपरिणाम सार्वजनिक गरिसकेको र निर्वाचित सबैलाई प्रमाणपत्रसमेत दिइसकेकाले नयाँ सरकार गठन हुने प्रक्रिया सुरु गर्न मार्गप्रशस्त भएको उनले बताए। एक महिनाभित्रमा राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन भइसक्ने उनले जानकारी दिए। यसका निम्ति सांसदहरूले शपथग्रहण गर्नासाथ प्रक्रिया अगाडि बढाइने उनको भनाइ छ। 


प्रकाशित: Dec 18, 2022| 16:58 आइतबार, पुस ३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...