आइतबार, साउन ४, २०८२

कांग्रेसमा संसदीय दलको नेता चयन प्रक्रिया ३ पुसपछि मात्रै

निर्वाचन आयोगले प्रतिनिधिसभातर्फ समानुपातिक सांसदलाई ३ पुसमा प्रमाणपत्र दिएसँगै कांग्रेसले संसदीय दलको नेता चयन प्रक्रिया थाल्ने भएको हो।
 |  शुक्रबार, पुस १, २०७९
nespernesper

नेपाल समय

नेपाल समय

शुक्रबार, पुस १, २०७९

vianetvianet

काठमाडौं– सत्तारुढ नेपाली कांग्रेसले ३ पुसपछि मात्रै संसदीय दलको नेता चयन प्रक्रिया अगाडि बढाउने भएको छ। निर्वाचन आयोगले प्रतिनिधिसभातर्फ समानुपातिक सांसदलाई ३ पुसमा प्रमाणपत्र दिएसँगै कांग्रेसले संसदीय दलको नेता चयन प्रक्रिया थाल्ने भएको हो।

कांग्रेसले प्रतिनिधिसभामा प्रत्यक्षतर्फ ५७ र समानुपातिकतर्फ ३२ गरी ८९ सिट जितेको छ। कांग्रेस सहमहामन्त्री जीवन परियारले संसदीय दलको नेता चयनको प्रक्रियाबारेको छलफल ३ पुसपछि मात्रै थालिने बताए।

उनका अनुसार संसदीय दलको नेता चयन सहमतिमा वा चुनावबाट गर्ने भन्ने विषय हालसम्म टुंगिएको छैन। कांग्रेसमा २०७४ को चुनावपछि संसदीय दलको नेता चयनमा चुनाव भएको थियो। यसपालि पनि प्रधानमन्त्रीका आकांक्षी धेरै भएकाले चुनाव हुन सक्ने देखिएको छ।

सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री गगन थापा, नेता शेखर कोइराला, बीपीपुत्र शशांक कोइरालालगायतले संसदीय दलको नेता हुने चाहना राखेका छन्। कांग्रेस विधानअनुसार संसदीय दलको नेता हुन ५१ प्रतिशत मत ल्याउनुपर्छ। ५१ प्रतिशत मत नल्याए पुनः चुनाव गर्ने व्यवस्था छ।

प्रकाशित: Dec 16, 2022| 11:39 शुक्रबार, पुस १, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...