काठमाडौं- नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईसँग भेटवार्ता गरेका छन्। भट्टराईलाई भेट्न केसी उनको निवास टोखा पुगेका हुन्।
आज बिहान भट्टराई र केसीबीच भेटवार्ता भएको र समसामयिक राजनीतिक विषयमा छलफल भएको केसीको सचिवालयले जनाएको छ।
उनीहरूबीच करिब १ घन्टा ३० मिनेट कुराकानी भएको थियो। नुवाकोट २ बाट प्रतिनिधि सभा सांसद जितेका केसीले पछिल्लो समय राजनीतिक भेटघाटलाई तीव्रता दिइरहेका छन्।