बिहीबार, जेठ २८, २०८३

नेता पौडेललाई जापानले आज सम्मान गर्ने

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई जापान सरकारले आज सम्मानित गर्ने भएको छ।
 |  बिहीबार, मंसिर २९, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, मंसिर २९, २०७९
National life
Shivam cement

काठमाडौं- नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई जापान सरकारले आज सम्मानित गर्ने भएको छ। बिहीबार अपरान्ह ३ बजे पौडेललाई जापान सरकारले विभूषणबाट उच्च सम्मान गर्ने कार्यक्रम तय भएको उनको सचिवालयले जनाएको छ ।

नेपाल–जापान सम्बन्ध प्रवर्द्धनमा योगदान पुर्‍याएको भन्दै जापान सरकारले सन् २०२० को अप्रिलमा २९ मा नेता पौडेललाई ‘द ग्रान्ड कोर्डन अफ द अर्डर अफ द राइजिङ सन’ बाट सम्मानित गर्ने घोषणा गरेको थियो।

तर, कोभिड महामारीका कारण सम्मान कार्यक्रम स्थगित भएको थियो। नेपालस्थित जापानको दूतावासले नेता पौडेललाई बिहीबार उनको निवासमा एक कार्यक्रमबीच सम्मान गर्न लागेको हो। पौडेललाई नेपालका लागि जापानका राजदूत किकुता युताकाले सो सम्मान प्रदान गर्ने छन्। पौडेल नेपाल-जापान संसदीयमैत्री संघका संस्थापकसमेत थिए।

प्रकाशित: Dec 15, 2022| 10:23 बिहीबार, मंसिर २९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...