बिहीबार, जेठ २८, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • आत्मनिर्भर अर्थतन्त्रका लागि उत्पादनमुलक उद्योग खोल्न जरुरी छ : प्रदीप पौडेल

आत्मनिर्भर अर्थतन्त्रका लागि उत्पादनमुलक उद्योग खोल्न जरुरी छ : प्रदीप पौडेल

नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले देशमा उत्पादनमुलक उद्योग खोल्न जरुरी रहेको बतएका छन्।
 |  शनिबार, पुस २, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, पुस २, २०७९

काठमाडौं- नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले देशमा उत्पादनमुलक उद्योग खोल्न जरुरी रहेको बतएका छन्।

National life

शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले परनिर्भर अर्थतन्त्रलाई आत्मनिर्भर बनाउन जरुरी रहेको बताएका हुन्।

उनले आयातमुखी अर्थतन्त्रलाई अन्त्य गरेर निर्यातमुखी अर्थतन्त्र विकास गर्न जरुरी रहेको बताए। उनले निर्यातमुखी अर्थतन्त्र विकास भए रोजगारीको अवसर सिर्जना हुने बताए।

नेता पौडेलले आफ्नो विजयीलाई एउटा अवसरको रूपमा लिएको भन्दै आगामी दिनमा जनतासँग गरेका प्रतिबद्धताहरू पूरा गर्ने बताए । उनले मत प्राप्त गरे पनि अब आम नागरिकको मन जित्न जरुरी रहेको बताए।

नेता पौडेलले अबको पाँच वर्षमा राजनीतिक व्यथितिको अन्त्य गर्ने, स्थानीय समस्या समाधान गर्ने र निर्वाचनमा जनतासँग गरेका वाता पूरा गर्ने प्रतिबद्धता जनाए।

Shivam cement

प्रकाशित: Dec 17, 2022| 12:09 शनिबार, पुस २, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...