शनिबार, वैशाख ८, २०८१
  • गृहपृष्ठ
  • राजनीति
  • राष्ट्रपतिको दौडमा दर्जन अनुहार : देउवाको मनस्थिति आफ्नै नेतृत्वमा गैरदलीय व्यक्ति, प्रचण्डको झुकाव बाबुरामतिर

राष्ट्रपतिको दौडमा दर्जन अनुहार : देउवाको मनस्थिति आफ्नै नेतृत्वमा गैरदलीय व्यक्ति, प्रचण्डको झुकाव बाबुरामतिर

देउवा आफ्नो नेतृत्वमा गैरदलीय व्यक्तिलाई राष्ट्रपति बनाउने मनस्थितिमा छन्, कथंकदाचित् नेतृत्व आफूले नपाएका खण्डमा राष्ट्रपतिका लागि प्रचण्ड बाबुरामतर्फ ढल्किएका छन्।
 |  शुक्रबार, पुस १, २०७९

काशीराम बजगाई

काशीराम बजगाई

शुक्रबार, पुस १, २०७९

काठमाडौं– आठौँ आमनिर्वाचनबाट कुनै पनि दलको स्पष्ट बहुमत नआएपछि सरकार गठनमा थप चुनौती देखिएको छ। मिलिजुली सरकार गठन गर्नुपर्ने अवस्था सिर्जना भएपछि प्रधानमन्त्रीमा सत्ता गठबन्धनमा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले सशक्त दाबी गरेका छन्। दुवैले नेतृत्व आफ्नो हुनुपर्ने दाबीसहित नभए गठबन्धन तोड्ने भन्दै ‘एमाले कार्ड’ एकअर्कालाई देखाएका छन्। यसैबीच दलभित्र राष्ट्रपतिको दौडका दर्जन बढी अनुहार ‘जिरो फिल्ड’मा उभिएका छन्।

triton college

राष्ट्रपतिको निर्वाचन ऐन २०७४ अनुसार संघीय संसद गठन भएको एक महिनाभित्र निर्वाचन हुने गरी निर्वाचन आयोगले मिति तोकी सोको जानकारी सरकारलाई गराउनेछ भनिएको छ। त्यसअनुरुप राष्ट्रपतिको निर्वाचन हुन्छ। तर राष्ट्रपति पदका लागि कुनै दलमा बहाल नभएको हुनुपर्ने प्रावधान छ। यदि दलभित्रबाट कोही राष्ट्रपति भएमा दलसँगको आवद्धता र सांसद भएको खण्डमा उक्त पदबाट पनि राजीनामा दिनुपर्ने हुन्छ।

बहुमत प्राप्त नभएकाले सरकार गठनका लागि अन्य दलसँगको कठिन सहारामा उभिन परेकाले कांग्रेस सभापति शेरबहादुर देउवा गैरदलीय व्यक्तिलाई राष्ट्रपति बनाउने मुडमा छन्। जसअनुसार बुधबार मात्रै उनले आफ्नो निवास बालुवाटारमा मन्त्रिपरिषद्का पूर्वअध्यक्ष एवं पूर्वप्रधानन्यायाधीश खिलराज रेग्मीसँग छलफल गरेका थिए। आफ्नो नेतृत्वमा सरकार गठन गरी राष्ट्रपति संसद् बाहिरबाटै ल्याउने पक्षमा देउवा देखिएपछि गठबन्धनभित्र त्यसको विरोधसमेत भएको छ। गैरदलीय व्यक्तिलाई सांसद बनाएर आफ्नै नेतृत्वको सरकार बनाउने मनस्थिति उनको छ। 

कांग्रेसबाटै नेताहरू रामचन्द्र पौडेल, शशांक कोइराला, प्रकाशमान सिंह कृष्ण सिटौला, गोपालमान श्रेष्ठ र मानबहादुर विश्वकर्माले आफ्नो हिसाबले लबिङ सुरु गरिसकेका छन्। दलको नेता बनेर प्रधानमन्त्रीसमेत बन्ने सपना देखेका रामचन्द्र आफूले राष्ट्रपति पाएको खण्डमा देउवालाई नै पुन: संसदीय दलको नेताका रूपमा समर्थन गर्ने पक्षमा रहेको कांग्रेसका एक नेताले बताए।

प्रधानमन्त्रीको दौडमा रहेका नेताहरु
रामचन्द्रजस्तै प्रकाशमान र शशांकले पनि प्रधानमन्त्री ताकेका छन्। तर उनीहरूको प्राथमिकतामा राष्ट्रपति नै रहेकाले देउवासँग लबिङ सुरु गरिसकेका छन्। कांग्रेस महामन्त्री गगन थापाले संसदीय दलमा दाबी गरेपछि इतरपक्षमा नेताहरूको पनि समर्थन आवश्यक भएकाले देउवाको तर्फबाट इतर समूहलाई मनाउने प्रयासमा श्रीमती आरजु राणा एवं नेताहरू विमलेन्द्र निधि र प्रकाशशरण महत जुटेका छन्।

corrent noodles
Metro Mart

यस्तै, माओवादीबाट पनि राष्ट्रपतिमा आकांक्षा राख्नेको सूची तन्किएको छ। चुनावअघिदेखि नै उक्त पद कृष्णबहादुर महराले ताकेका थिए। तर त्यही सूचीमा थपिन आइपुगेका छन्, नन्दबहादुर पुन र अग्नि सापकोटा। राष्ट्रपतिकै रुपमा माओवादीसँग पार्टी एकीकरण गर्ने समझदारी भइसकेको नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईको पनि नाम चर्चामा छ। तर उनी आफैंले भने राष्ट्रपतिका लागि लबिङ गरेका छैनन्।

माओवादीबाट राष्ट्रपतिका आकांक्षीमध्येका एक कृष्णबहादुर महरा।
उनले गत निर्वाचनमा आफ्नो क्षेत्र गोरखा २ प्रचण्डका लागि छाडेका थिए। यसैले पनि कथंकदाचित नेतृत्व आफूले नपाएको खण्डमा राष्ट्रपतिमा बाबुरामलाई अघि सार्ने मनस्थितिमा प्रचण्ड रहेको उनीनिकट स्रोतले जनाएको छ। ‘अहिलेको परिवर्तनको संवाहक प्रचण्ड हुनुहुन्छ, एक पटक फेरि उहाँले नेतृत्व लिने बेला आएको छ। त्यसैले माओवादीको अहिलेको प्रयास नेतृत्व लिने नै हो’, उनले भने। तर नेतृत्वको साटो राष्ट्रपतिमा सहमति गर्नुपर्ने अवस्था आएमा माओवादीले कसलाई अघि सार्छ भन्ने प्रश्नमा उनले भने, ‘बाबुरामजीले ठूलो त्याग गर्नुभएको छ नेतृत्वले उक्त त्यागको मूल्यांकन गर्नुपर्छ भन्ने मनस्थितिमा छ।’

jhalanathराष्ट्रपतिका आकांक्षी झलनाथ खनाल। उनी सांसदमा पराजित भएका हुन्।
यस्तै, नेकपा एकीकृत समाजवादीबाट झलनाथ खनालले पनि राष्ट्रपतिका लागि लबिङ गरिरहेका छन्। चुनावअघि राष्ट्रपतिको दौडमा नभएको दाबी गरेका उनी पराजित भएपछि उक्त दौडमा लागेका हुन्। राष्ट्रपतिकै रूपमा अध्यक्ष माधव नेपालको पनि चर्चा चलिरहँदा उनी स्वयंले भने उकालो अनलाइनसँगको अन्तर्वार्तामा तत्काल आफू सक्रिय राजनीतिबाट बाहिर नजाने बताएका छन्। उनले भनेका छन्, ‘म अहिले नै राष्ट्रपति हुने बेला भएको छैन। अहिले म चुनाव जितेर आएको छु। कि त मैले चुनावमै भाग नलिएको भए हुन्थ्यो। त्यसकारण यो अवधि त कार्यकारी भूमिकाको हो।’

प्रकाशित: Dec 16, 2022| 15:25 शुक्रबार, पुस १, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...